कास्कीको लिजा नतिजा: अन्नपूर्ण पहिलो, मादी अन्तिम

पोखरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजामा कास्की जिल्लाका पाँच स्थानीय तहमध्ये अन्नपूर्ण गाउँपालिका पहिलो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मापदण्डअनुसार गरिएको मूल्यांकनको नतिजाअनुसार, मादी गाउँपालिका सबैभन्दा अन्तिम स्थानमा रहेको छ।
सार्वजनिक प्रतिवेदनअनुसार, अन्नपूर्णले सबैभन्दा बढी ९५.७५ प्रतिशत अंक प्राप्त गरेको छ। त्यसैगरी, माछापुच्छ्रे गाउँपालिका ९४ प्रतिशत अंकसहित दोस्रो, पोखरा महानगरपालिका ९३.५ प्रतिशत अंकसहित तेस्रो र रुपा गाउँपालिका ९०.५ प्रतिशत अंकसहित चौथो स्थानमा रहेका छन्। सबैभन्दा कम अंक ल्याउने मादी गाउँपालिकाले भने ८८.५ प्रतिशत अंक पाएको छ।
स्थानीय तहहरूले आफ्नो कार्यसम्पादन र क्षमताको आफैँ मूल्यांकन गर्ने विधि लिजा हो। यसमा शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा विषयगत क्षेत्रका सूचकका आधारमा मूल्यांकन गरिन्छ।










पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया