जनताका प्रश्नबाट नभाग्नुस्, सेवा चुस्त बनाउनुस् : मन्त्री न्यौपाने

दमौली ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सार्वजनिक सेवालाई चुस्त, पारदर्शी र सुशासनयुक्त बनाएर जनतालाई खुसी बनाउन जनप्रतिनिधिलाई निर्देशन दिएकी छन् ।
तनहुँको शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री न्यौपानेले राजनीतिमा जनता नै सर्वोपरी हुने भएकाले उनीहरुको सुविधाका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।
“जनताले गर्ने प्रश्नबाट भाग्ने होइन, समाधान गर्ने हो,” मन्त्री न्यौपानेले भनिन्, “सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्छ । जनता खुसी र सुखी हुनुपर्छ ।” उनले विकासका कामले गति लिए पनि जनता सन्तुष्ट नभएकाले कामको गति अझै बढाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकोमा चिन्ता व्यक्त गरिन् । प्रविधिको गलत प्रयोगले समाजमा नकारात्मक सन्देश प्रवाह भइरहेकाले यसलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।
सो अवसरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाको सेवा प्रवाह र गतिविधिबारे मन्त्री न्यौपानेलाई जानकारी गराएका थिए । रासस







३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया