गाडी चलाएको हेरेरमात्र लाइसेन्स

समाधान संवाददाता
काठमाडौं
ठूला सवारी चलाउनका लागि दिइने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन गरिने भएको छ । संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै ठूला सवारीसाधन सञ्चालनका लागि लिइने लाइसेन्सको परीक्षा परिवर्तन गर्न प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
सार्वजनिक सवारीसाधनका चालकका लागि लक्षित गरेर यो नियम ल्याउन लागिएको हो । संघीय ऐनका विषयमा छलफल गर्न पुस १३ र १४ गते विभागले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल र सुझाव लिँदै छ । विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारिरहेको छ । मस्यौदा तयार पारेर संसदको हिउँदे अधिवेशबाट पारित गराउने योजना बनाइएको छ ।
नेपालमा सार्वजनिक सवारीसाधन दुर्घटना दर बढ्दो छ । जसले बर्षेनि ठूलो जनधनको क्षति पुर्याइरहेको छ । विभागले गरेको अध्ययन अनुसार, सवारी दुर्घटना हुनुमा ८० प्रतिशत कारण चालकको लापरवाही देखिने गरेको छ । बाँकी २० प्रतिशतमा मानवीय त्रुटि, यान्त्रिक गडबडी, सडकको अवस्था, पैदल यात्रु लगायत छन् । यसैलाई मध्यनजर गर्दै चालकलाई लक्षित गरी लाइसेन्सको परीक्षा परिवर्तन गर्न लागिएको हो ।
हमालले लिखित परिक्षामा निश्चित समयको कोर्ष नै राख्न लागिएको बताए । अहिले ३ महिनाको कोर्ष राख्न प्रस्ताव गर्न लागिएको छ । त्यसमा सवारी साधनको यान्त्रिक अवस्था, सवारी साधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहार लगायत समावेश हुनेछन् । कोर्ष पढेर लिखित परीक्षा दिनुपर्ने छ । लिखित परीक्षा पास गरेपछि बल्ल ट्रायल दिन सकिनेछ । प्रयोगात्मक परीक्षा पनि अहिलेको भन्दा फरक हुनेछ । ‘ठूला सवारीसाधन चलाउने जस्तो विषयमा सामान्य ट्रायल दिएर हुँदैन’, हमालले भने, ‘फिल्डमै गएर टेस्ट लिने व्यवस्था गर्दै छौं ।’ फिल्डमा गरिने टेस्ट पासपछि पनि लाइसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिनेछ । यो अवधिमा सवारीसाधन सञ्चालन गरेको रिपोर्ट कार्ड राम्रो भएमात्रै लाइसेन्स पाइनेछ । रिपोर्ट कार्ड राम्रो नभए पुन ट्रायल अवधि थपिनेछ । ३ महिनाको पुन ट्रायल अवधि थप्ने प्रस्ताव गर्न लागिएको छ ।
अहिले सडक पुर्वाधार नहुँदा पनि सवारीसाधन सञ्चालन भइरहेको छ । ट्रयाक खोल्ने बित्तिकै अधिकांश पहाडी क्षेत्रमा सवारीसाधन सञ्चालन हुने गरेका छन् । यो विषयमा कसरी अघि बढ्ने र दुर्घटना कम गराउने भन्ने विषयमा सडक विभागले तयारी गरिरहेको छ ।
यसमा सडक सुरक्षा, अडिट लगायतका बिषयसमेत समेटिनेछ । भौगोलिक अवस्था हेरेर सडक सुरक्षाका लागि के कस्तो विधि अपनाउने भन्ने विषयलाई समेत प्राथमिकता साथ डिजाइनमै समावेश गर्न लागिएको छ । यातायतले संघीय ऐनमार्फत ट्राफिक जरिवाना बढाउन लागेको छ । ट्राफिक नियम उल्लंघनको अवस्था हेरेर ३ गुणासम्म जरिवाना बढाउन प्रस्ताव गर्न लागिएको छ । न्यून जरिवनाका कारण नियम मिच्ने बढेको र यसले दुर्घटना बढाएको विभागको भनाइ छ ।
लाइसेन्स लिनका लागि उमेरसमेत बढाउन लागिएको छ । विभागले २ पाङग्रेका लागि १८ र ४ पाङग्रेका लागि २५ वर्ष बनाउन लागेको हो । यो सुझाव ट्राफिक प्रहरीले विभागलाई दिएको हो ।
लाइसेन्सको अवधि १० वर्ष बनाउने, विद्युतीय सवारीसाधनसम्बन्धी व्यवस्था, पठाओ, टुटल जस्ता राइड सेयरिङ सर्भिसलाई पनि ऐनले समेट्नेछ । सवारीसाधन सञ्चालन गर्दा मोवाईल फोन प्रयोग गर्न नपाइने भए पनि कस्तो कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । यो ऐनले मोबाइल चलाउँदा कडा कारबाही गर्ने व्यवस्था गर्न लागेको छ ।
यातायातका अधिकांश अधिकार प्रदेश मातहत छन् । प्रदेशले ऐन बनाउदा संघीय ऐनसँग नबाझिने गरिने बनाउनुपर्नेछ । संघीय ऐन प्रदेशका लागि गाइडलाइन हुने विभागका अधिकारीको अपेक्षा छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया