नेपाल निजामती कर्मचारी युनियनको २३औँ स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता २०८२ भदौ १९ गते २१:३१

पोखरा। नेपाल निजामती कर्मचारी युनियनको २३औँ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश, जिल्ला कार्य समिति कास्की र प्रदेश विभागीय कार्य समितिको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको छ।

युनियनले बिहीबार पोखराकै नयाबजारस्थित नवप्रभात माविमा १ देखि ३ कक्षामा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारी विशिष्ट अतिथि थिए । सोही अवसरमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, नवप्रभात मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रीति पाण्डे र निवर्तमान अध्यक्ष सुरेश कुमार श्रेष्ठले सहभागिता जनाए ।

Advertisement

कार्यक्रममा युनियनका केन्द्र, प्रदेश, विभागीय तथा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य, सल्लाहकार, निवर्तमान प्रतिनिधि, केन्द्रीय र प्रदेश महाधिवेशन प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता थियो।कार्यक्रमको अध्यक्षता प्रदेशका कार्यवाहक अध्यक्ष बेदप्रकाश ढकाल र सञ्चालन केदार सापकोटाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया