तमु धिं रुपा गाउँपालिकाको प्रथम स्थापना दिवस

पोखरा । तमु धिं नेपाल रुपा गाउँपालिकाको प्रथम स्थापना दिवस मंगलबार रुपा गाउँपालिकामा भएको छ ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँपालिकाले भाषा, संस्कृति र पहिचान जोगाउन समाजका संस्थासँग सहकार्य गर्दै आएको बताए । आगामी दिनमा सहकार्यलाई अझै फराकिलो पार्दै जाने उनले प्रतिवद्धता जनाए । उनले विकास र समृद्धि मात्र नभई संस्कृतिको संरक्षण पनि स्थानीय तहको प्रमुख दायित्व रहेको बताउँदै तमु धिं जस्ता संस्थाले त्यसमा ठुलो योगदान पु¥याइरहेको उल्लेख गरे ।
गाउँपालिकाकी उपाध्यक्ष लालसुवा गुरुङले स्थानीय सरकार र सामुदायिक संस्था एकआपसमा हातेमालो गरेर अगाडि बढ्दा मात्र सामाजिक विकास सम्भव हुने बताइन् ।
सो अवसरमा तमु धिं नेपालका वरिष्ठ उपाध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङले तमु धिं संस्थाले लामो समयदेखि समाजमा पु¥याउँदै आएको योगदानलाई स्मरण गर्दै मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षणलाई अझै प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । उनले गाउँ–गाउँमा संगठनात्मक संरचना विस्तार गरी भावी पुस्तालाई आफ्नै पहिचानमा गर्व गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । सोही अनुसार तमु धिं नेपाल अघि बढेको उनको भनाइ थियो ।
तमु धिं नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङले तमु महिलाको सक्रियता संस्थागत विकाससँगै संस्कृति र परम्पराको संवद्र्धनमा महत्वपूर्ण हुने उल्लेख गरिन् ।
तमु धि नेपालका भाषा सस्कृति विभाग प्रमुख कृष्णकुमार गुरुङले तमुुहरुको सस्कार, सस्कृति जगेर्ना गदै जातीय मुद्दामा काम गदै आएको बताए ।
उक्त अवसरमा रुपा गाउँपालिकाबाट यस वर्ष कक्षा १२ र एइई उत्तिर्ण भएका गुरुङ विद्यार्थीसँगै पालिकाबाट खेलकुदमा सफलता प्राप्त गरेका खेलाडी, अन्तर्राष्ट्रिय फिफा रेफ्री तथा पोखरा युनिभर्सिटिका सिनियटरलाई पनि सम्मान गरिएको थियो ।
तमु धिं नेपाल रुपा गाउँपालिका अध्यक्ष गेसबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रुपाका टोल टोलबाट ल्याइएका लोपउन्मुख कृष्ण चरित्र, सारेठी, घाटु, चुड्का, ठेटर जस्ता मनोरञ्जात्मक सास्कृतिहरु कार्यक्रमलाई आकर्षक बनाएको थियो ।
वार्षिकोत्सवको अवसरमा पोखरा र आसपास बसोबास गर्ने रुपा गाउँपालिका अन्तर्गतका सिद्धार्थ तमु समाज, रुपा तमु समाज, स्याक्लुङकोट तमु समाज, शान्ती रुपा तमु समाजकोले पनि विशेष सहभागिता जनाउँदै सास्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रममा अनि रुपा गाउँपालिका तमु धिं कार्य समिति, युवा समिति र आमा समितिलाई रुपा गाउँपालिकाका केन्द्रीय तमु धि कार्य समितिमा रहेकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, कार्य समिती सदस्य काशीमाया गुरुङ र बिष्णु गुरुङले भांग्रा, क्रमु र चोलो हस्तान्तरण गरेका थिए ।
सोही समारोहमा सम्मानित फिफा रेफ्री तथा फुटवल सघं नेपालका वर्तमान अध्यक्ष बुद्धिबहादुर गुरुङले कार्यक्रमका लागि खाजा प्रयोजन गरेका थिए । भने खानेपानीको सौजन्य तमु धिं नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङले गरेकी थिइन् ।
वार्षिकोत्सव सफल पार्न रुपा–६ का वडाध्यक्ष नारायण गुरुङ, तमु धिं रुपा गाउँपालिका कार्यसमिति, सल्लाहकारहरु, तमु धिं नेपाल केन्द्रीय समिति परिवार, विभिन्न तमु समाजका प्रतिनिधिहरु, संघ–संस्था तथा मिडियाकर्मीहरुको लगायत करिब ६ सय जनाको उल्लेखनीय उपस्थिति रहेको थियो ।





पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया