डुंगा दौडमा फिस्टेल घाट विजयी

समाधान संवाददाता
पोखरा
पोखरा सडक महोत्सवमा भएकोे डुंगा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दीपेन्द्र परियार, आशीष परियार र अमिस परियारले पहिलो हुँदै नगद २० हजार र प्रमाणपत्र पाए ।
बाराही घाट ईबाट सहभागी दिपेश परियार, पूर्ण मगर र जीवन मगरको समूहले दोस्रो भएर नगद १० हजार र प्रमाणपत्र पायो । बाराहीघाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुँदै ५ हजार जिते । गौरीघाट समूहबाट गौतम भुजेल, सुवास सुवेदी र अमृत नेपाली सान्त्वना भए । उनीहरुले नगद २ हजार जिते ।
प्रतियोगितामा ११ टिमको सहभागीता थियो । विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेबान पोखरा अध्यक्ष भीमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पूर्व अध्यक्ष चौबहादुर गुरुङ, महोत्वसका सहसंयोजक वसन्त गौतम लगायतले पुरस्कार वितरण गरे ।
रेबानले आयोजना गरेको २१ औं पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रमा भएको मेला हर्न आउने दर्शक बढेका छन् । आइतबार दिउँसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतिमा दर्शक रमेको सडक महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए । आइतबार लोकदोहोरीतर्फ देवी घर्ती, सरला पाण्डे, मञ्जु विक, दुर्गा क्षेत्री, बद्री पगेनी, जीवन दाहाल, श्रीराम अधिकारी र घनश्याम रिजालले मनोरञ्जन दिए । हास्य कलाकार सापटे र भटभटेले दर्शकलाई हसाए ।
लाइभ कन्सर्टतर्फ अभय एन्ड द स्टिम इन्जिनको प्रस्तुति रह्यो । सोमबार लोकदोहोरीतर्फ प्रिती आले, निशा पोख्रेल, सीता परियार, कमला ग्रैहे, वसन्त थापा, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुति रहनेछ । हास्य कलाकारतर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली र मनोज गजुरेल आकर्षण छन् । साँझ लाइभ कन्सर्टमा सबिन राई आउने छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया