विन्ध्यवसिनीका विद्यार्थीलाई जापानमा इन्टर्न

पोखरा ।
विन्ध्यवासिनी क्याम्पस बाटुलेचौरका विद्यार्थीले जापनमा निशुल्क इन्टर्न गर्न पाउने भएका छन् । जापानको योको फुजिकावा सहरमा मुख्यालय रहेको अनावुकी इन्टरप्राइजेज कम्पनी लिमिटेडले विन्ध्यबासिनी क्याम्पस पोखरामा बिबिएस अध्ययनरत विद्यार्थीलाई ६ महिनाका लागि निशुल्क इन्टर्नसीप गराउने भएको हो ।
अनावुकी इन्टरप्राइजेज कम्पनी लिमिटेड योको फुजिकावा जापानका प्रमुख काजुमा मिकोरा सहितको टिमले विन्ध्यबासिनी क्याम्पस प्रशासनसँग दिवसीय औपचारिक कार्यशाला गोष्ठीमा यसबारे छलफल गरको हो । दुबै पक्षबिच योजना र धारणा साविजनिक गर्दै सरोकारवालासँग राय, सुझाव संकलन गरिएको थियो ।
जापानको अनावुकी इन्टरप्राइजेजले हरेक वर्ष ६ जना वियार्थीलाई निशुल्क इन्टर्नसीपको लागि आफ्नो बिजनेस कम्पनीमा लगी व्यापारिक र मार्केटिङको प्रयोगात्मक अभ्यास गराउने प्रबन्ध मिलाउने इन्टरप्राइजेजका प्रमुख काजुमा मिकोराले बताए । यसबाट विद्यार्थीले अन्तर्राष्ट्रिय व्यापार र बजारीकरणका काम सिक्नुको साथै आयआर्जन पनि गर्ने बताइएको छ ।
यो अवसर विन्ध्यबासिनी क्याम्पसका भूपू विद्यार्थी मदन बस्यालले मिलाएका हुन् । बस्याल बाटुलेचौरका बासिन्दा हुन् । उनी हाल अनावुकी इन्टरप्राइजेज जापानमा कार्यरत छन् । बस्यालले आफूले काम गर्ने कम्पनी सञ्चालक सहितको टिमलाइ क्याम्पस भ्रमण गराई जापानमा इन्टर्नसीपको प्रबन्ध मिलाएका हुन ।
क्याम्पस प्रशासनले इन्टरसिपका लागि तयारी सुरु गर्ने जनाएको छ । भाषाको ज्ञानदेखि डकुमेन्टेसनका कामको प्रक्रियामा केन्द्रित हुनुपर्ने हँुदा समय लाग्ने क्याम्पस प्रमुख सुमनकेशव पराजुलीले बताए ।
क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यशालामा क्याम्पसका एकेडेमिक डिन विजय शर्मा, सिनेटर नरनाथ भट्टराई, पत्रकार यदुनाथ बन्जारा, लेखापाल भीम गायक लगायतले बोलेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया