‘तमु जातिको योगदान राज्यले सम्मान गर्नुपर्छ’

रामशरण नेपाली
लेखनाथ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको योगदानको राज्यले सम्मान गर्नुपर्ने बताएका छन् । गुरुङहरुको महानपर्व ल्होसारको अवसरमा लेखनाथमा आयोजना गरिएको सामूहिक तमु ल्होसार मुल समारोहमा मुख्यमन्त्री गुरुङले नेपाल एकीकरणदेखि हालसम्म मुलुकका हरेक परिवर्तनमा गुरुङ समुदायको उल्लेख्य भूमिका रहेको चर्चा गर्दै त्यसको सम्मान राज्यले गर्नुपर्ने बताए ।
ल्होसारलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने आफूहरुले माग गरेकोमा गण्डकी प्रदेशमा मात्रै बिदा दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले गुरुङ समुदायको पहिचानको मुद्दा र अधिकारको मागलाई राज्यले सुन्नुपर्ने बताए । उनले ल्होसार मनाउने विषयमा अब प्रदेश सरकारले पनि सहयोग गर्ने आश्वासन दिए ।
ठाडो भाका, झ्याउरे, सोरठी, घाटु जस्ता संस्कृति अहिले मुलुककै पहिचान भएको बताउँदै अब पहिचानको कुरामात्र गरेर गुरुङ समुदायको माग र समस्या पूरा नहुने बताए । यसका लागि आफ्ना मुद्दालाई लिएर सम्पूर्ण गुरुङ समुदाय एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, आदिबासी जनजाति महासंघ कास्की अध्यक्ष धर्मबहादुर तमु, तमु ह्युला छोंजधि गुरुङ राष्ट्रिय परिषद गण्डकी प्रमुख दलबहादुर तमु लगायतले बोलेका थिए ।
मुल समारोह आयोजक समिति अध्यक्ष मोहनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव आमबहादुर गुरुङले गरेका थिए । तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर तमुले स्वागत गरेका थिए









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया