सांसद, पिए र कर्मचारीको सम्पत्ति विवरण जलेर नष्ट, पुनः पेस गर्न गण्डकी प्रदेश सभाको आग्रह

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयले सम्पत्ति विवरण फाराम पुनः पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले हरेक आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भए पनि यस वर्ष असोज २३ र २४ गतेको आन्दोलनका क्रममा सचिवालयमा आगजनी हुँदा अभिलेख जलेर नष्ट भएपछि विवरण अद्यावधिक गर्ने अवस्था नरहेको कारण पुनः विवरण माग गरिएको हो ।
सचिवालयका अनुसार आ.व. २०८१/८२ को सम्पत्ति विवरण बुझाउने अवधि गत भदौ २९ गते नै सकिएको थियो । सो अवधिभित्र विवरण नबुझाएका जनप्रतिनिधि तथा कर्मचारीले ऐनअनुसार म्याद थपको लागि कारणसहित अनुरोध गर्न सक्ने व्यवस्था भए पनि आकस्मिक परिस्थितिले सम्पत्ति विवरण नै जलेर नष्ट भएकाले नयाँ फाराम भरी पेस गर्नुपर्ने अवस्था सिर्जना भएको सचिवालयले जनाएको छ ।
सचिव गोविन्द पौडेलद्वारा जारी सूचनामा माननीय प्रदेश सभा सदस्यहरू, स्वकीय सचिव, हलुका सवारी चालक, कार्यालय सहयोगीलगायत सचिवालयमा कार्यरत कर्मचारीहरूले आफ्नो सम्पत्ति विवरण छुट्टाछुट्टै खाममा राखी आगामी असोज २८ गतेभित्र अनिवार्य रूपमा सचिवालयमा पेस गर्न आग्रह गरिएको छ ।
सचिवालयले यसलाई कानूनी दायित्व मात्र नभई पारदर्शिता र सुशासनतर्फको कदमका रूपमा बुझ्न सबैलाई अनुरोध गरेको छ ।








तारकाङमा डेंगी अभिमुखीकरण
पोखरा १५ मा नागरिक सुनुवाइ
पर्वतकी रानी जोगाउने प्रयास
भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया