हिमाल आरोहणमा गर्नेलाई निशुल्क प्रवेश

समाधान संवाददाता २०७६ पुष १७ गते १३:४२

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन धवलागिरी गाउँपालिकाले विशेष योजना बनाएको छ । यहाँका धौलागिरि पहिलोदेखि पाँचौ र मानापाथी हिमाल चर्चित छन् । बगरादेखि ५ दिनमा पुगिने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ निस्कने धौलागिरी चक्रीय पदमार्ग सञ्चालनमा छ ।

चुरेन, पुथा र गुर्जा हिमाल पनि पनि यहि गापामा पर्छन् । मुना–लुलाङ हुँदै १ दिन पूरै पैदल हिँडेर पुगिने गुर्जामा होमस्टे सुविधा छ । त्यहाँदेखि गुर्जा हिमालको आधार शिविर पुग्न ४ घन्टा, चुरेन २ दिन र पुथाको आधार शिविर पुग्न साढे २ दिन लाग्छ । यी हिमाल आरोहण गर्न आउने पर्यटकलाई हामीले निशुल्क प्रवेशको व्यवस्था गरेका छौं । पर्यटकलाई चाहिएमा तालिमप्राप्त गाइड गाउँपालिकाले उपलब्ध गराउँछ । सरकारले घोषणा गरेको कार्यक्रमलाई सफल बनाउन हामीले हिमाल आरोहणमा जाने पर्यटकका लागि (म्याप) नक्सा होर्डिङ बोर्ड राख्दै छौं जसले पर्यटकलाई ठाउँ पत्ता लगाउन सहज हनेछ ।

धौलागिरी हिमालका सबै शृंखला आरोहण गर्नेहरुलाई हामीले टानसँगको सहकार्यमा सम्मान गर्ने निर्णय गरेका छौं । यसले गाउँपालिकाका हिमालको पनि प्रचार÷प्रसार हुनेछ । जसले भ्रमण वर्षलाई टेवा पुग्नेछ ।

Advertisement

हाम्रो गाउँपालिकाको वडा नम्बर १ र ४ को सिमाना खरिबास तथा बगरामा प्राकृतिक तातोपानीको मुहान छ । ५० डिग्री सेल्सियस तातोपानीलाई पोखरीमा संकलन गरेर गरेका छौं । सरकारले लिएको २० लाख पर्यटक भित्र्याउने लक्षमा हाम्रो गाउँपालिको तर्फबाट सक्दो प्रयास हुनेछ ।

अल्पसंख्यक छन्त्याल जातीको बसोबास रहेको वडा न –१ गुर्जालाई ‘लुकेको बस्ती’, ‘दूरबस्ती’, ‘एकल बस्ती’ तथा जीवित मानव संग्राहलय पनि भनिन्छ । परम्परागत शैलीका घरहरुको गुचुमुच्च परेको बस्ती छन्त्याल जातिको जीवन, सभ्यता र संस्कृतिको आँखीझ्याल हो । गुर्जामा होमस्टे, सामुदायिक होटेलसहितको इको टुरिजमको सम्भावना छ । यार्सागुम्बा, जटामसी, निरमसी, सतुवा, कुट्की लगायत धेरै थरीका बहुमूल्य जडिबुटी पाइने गुर्जा हर्बल हब पनि हो । म्याग्दीमा आउने ५० प्रतिशत पर्यटक धौवलागिरी गाउँपालिकामा भित्र्याउने हाम्रो लक्ष्य छ ।

Advertisement

१ हजार ३६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको धौलागिरी गापामा ३ हजार १ सय २९ घरधुरीमा १४ हजार १ सय ४ जनसंख्या छ । मगर, दलित, क्षेत्री, बाहुन, गुरुङसँगै अल्पसंख्यक छन्त्याल र थकाली समुदायको बसोबास रहेको यहाँ पुख्यौली, मादले, मारुनी, सोरठी, यानीमाया, भजन, राधाकृष्ण जस्ता मौलिक लोक संस्कृति छन् । ताकम, खिवाङ र मल्कवाङको कोतघर ऐतिहासिक स्थलहरुको अवलोकन गर्न सकिन्छ ।

ढोरपाटन शिकार आरक्ष, धौलागिरि चक्रीय, गुरिल्ला र पश्चिम धौलागिरि पदमार्गमा समेटिएको छ । धौलागिरि आधार शिविर, जलजला, गुर्जा, मुना मालिका, गुर्जा र बगरको तातोपानी कुण्ड पर्यटकीय स्थल हुन् । कल्लेनीमा प्राकृतिक कलाकृतिको संग्रहालय जस्तो क्यामध्याम गुफा छ । गुर्जामा क्वार्ज, लुलाङमा स्लेट, मल्कवाङ र मच्छिममा तामाको खानी छ । मुदी, लुलाङ र गुर्जाको अक्करे भिरमा महशिकार गरिन्छ । यहाँको वनजंगलमा कस्तुरी मृग, घोरल, झारल, नाउर, भालु, डाँफे, कालिज लगायत विभिन्न प्रजातिका पशुपंक्षी पाइन्छन् । गुर्जा र चुरेन हिमालको फेदी, फल्लेघर, नाउरे, ठाडोखोला, पुरानो, हेल्पुघाँटी बुकी, मुदीको ताङ्गे, सेतोढुंगा बुकी र मल्कवाङको रुघाचौर जस्ता बहुमूल्य जडिबुटी पाइने पाहिन्छ । हाम्रो गाउँपालिकामा आउने पर्यटकलाई स्थानीय उत्पादनकै खाना खुवाउने गरी होमस्टे सञ्चालन गरेका छौं ।

तपाईको प्रतिक्रिया