खेल सुरु हुनुअघि निर्णय फेरेपछि सन्दीप लामिछाने परेका थिए निलम्बनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेलाई वेस्ट इन्डिजविरुद्धको सिरिजअन्तर्गत बाँकी २ खेलका लागि निलम्बन गरिएको खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ विज्ञप्ति जारी गर्दै सन्दीपको निलम्बनको जानकारी दिएको हो ।
क्यानका अनुसार सेप्टेम्बर २७ मा पहिलो खेल सुरु हुनुभन्दा करिब ४५ मिनेटअघि सन्दीपले आफैं नखेल्ने निर्णय गरेका थिए । उनको यस्तो आकस्मिक निर्णयले टोली व्यवस्थापन, अन्य खेलाडी तथा समग्र नेपाली क्रिकेटमा गम्भीर असर परेको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसपछि व्यवस्थापनको सिफारिसमा सन्दीपलाई बाँकी खेल तथा पूरै सिरिजका लागि निलम्बन गरिएको जनाइएको छ । तर उनले किन नखेल्ने निर्णय गरे भन्नेबारे भने अझै खुलाइएको छैन ।
यसबीचमा सामाजिक सञ्जालमा यस विषयमा विभिन्न चासो र टिकाटिप्पणी भइरहेका बेला क्यानले आधिकारिक विज्ञप्ति सार्वजनिक गरेको हो ।
यद्यपि ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि भने सन्दीपलाई टोलीमा राखिएको क्यानले स्पष्ट पारेको छ । नेपाली टोली ओमानका लागि प्रस्थान गरिसकेको समेत जानकारी दिइएको छ ।








पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया