चाँदी झै छपक्कै हिउँले ढाँकियो मुक्तिनाथ

एसके थकाली, जोमासोम
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तिर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिर हिमपातले सेताम्मे भएको छ ।
बिहिबार दिउँसो देखि निरन्तर परेको बाक्लो हिउँले मुक्तिनाथक्षेत्र र रानीपौवा बजार चाँदी झै छपक्कै ढाँकिएको हो । सेताम्मे हिउँले मुक्तिनाथ मन्दिरको ३ तले छाँनो र भित्री प्रवेशद्धार ढाँकिएको छ भने मन्दिर परिसरका अगाडीको कुण्ड ,१०८ धारामा पुरै बाँक्लो हिउँ जमेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।

हिउँ परेसंगै मुक्तिनाथ दर्शन गर्न आएका तिर्थालुलाई सकस परेको छ भने १०८ धाराको स्नान गर्ने ठाउँ र त्यहाँ रहेको २ वटा स्नान कुण्डको पानी समेत जमेको कर्मचारी सुवेदीले बताए । चिसोले कुण्ड र परिसरक्षेत्रमा हिउँ जमेकाले तिर्थालुहरु स्नान गर्न समेत सकेका छैनन् । हिउँ परेसंगै मुक्तिानाथक्षेत्रमा अत्यधिक जाडो बढेको छ भने पर्यटक र स्थानीय घर बाहिर आउजाउ गर्न समेत नसकेको झारकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब तारानाथ अधिकारीले जानकारी दिए । बिहिबार देखि हिउँ परेपनि शुक्रबार बिहान हिउँ रोकिएको तर पर्ने सम्भावना बढी रहेको बताए ।
हिउँले रानीपौवा बजार बाहिर रहेको मुक्तिनाथ बसपार्क र रानीपौवा बजार हुँदै मुक्तिनाथ जाने पैदलमार्ग समेतमा बाक्लो हिउँ जमेकाले तिर्थालुलाई आउजाउमा समस्या परेको अहेब अधिकारीले उल्लेख गरे । यस्तै रानी बजारभित्रमा फुटपाथ समथिङका सामान बेच्ने व्यापारीहरु हिउँ पन्छ्याउन जुटेका छन् । अधिकारीका अनुसार मुक्तिनाथमा माईनस २० डिग्री तापक्रम भएकाले जनजिवन प्रभावित भएको बताए ।
चिसोले होटल र घरका धारा, सेफ्टी ट्याङ्की जमेको उनको भनाई छ । यस्तै चिसोले पशु चौपाया लगायतलाई समेत सकस परेको छ । उनले बसपार्क देखि मुक्तिनाथ सम्म घोडाले दिने यात्रु ओसारपोसार सेवा समेत असहज भएको जनाए । हिउँदयामको चिसो मौसम भएपनि मुक्तिनाथका अधिकाँश पर्यटन व्यवसायीले होटलहरु संञ्चालन गरिरहेको अहेब अधिकारीले खुलाए । हिमपातले जोमसोम÷मुक्तिनाथ सडक अवरुङ भएको जनाईएको छ ।
क्याप्सन ः छपक्कै हिउँले ढाँकियो मुक्तिनाथ । अहेब तारानाथ अधिकारीले खिचेका तस्विरहरु ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया