रोमाञ्चक खेलमा यूएईमाथि नेपालको १ रनको शानदार जित
समाधान संवाददाता
२०८२ असोज २६ गते १९:५५

काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध रोमाञ्चक १ रनको जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा यूएईले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १३९ रन मात्रै जोड्न सक्यो।
नेपालका लागि ओपनर आशिफ शेख ले ५१ रनको अर्धशतकीय योगदान दिए भने कुशल भुर्तेल ले २८ र कप्तान रोहित पौडेल ले २० रन जोडे। अन्तिम क्षणमा बलिङतर्फ नेपालको अनुशासित प्रदर्शन निर्णायक बन्यो।
यूएईका मुहम्मद रोहिद, हैदर अली, हर्षित कौशिक, जुनैद सिद्दिकी, जाहिद अली र धुर्व परासरले समान एक–एक विकेट लिए।
यस जितसँगै नेपाल सुपर–६ चरणको शिर्ष स्थानतर्फ अग्रसर बनेको छ र विश्वकप छनोटको दौडमा बलियो स्थितिमा पुगेको छ।
सम्बन्धित









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया