पोखरामा १२ गते बुधबार पत्रकार अपिल त्रिपाठीले राजेश हमालसँग गर्दैछन् वार्तालाप

पोखरा ।
प्रकाशन संस्था फाइन प्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सव ‘फाइनप्रिन्ट फिभर’ बुधबार पोखरामा हुँदै छ । एक दिने उक्त साहित्य उत्सवमा विभिन्न लेखक तथा कलाकारले पाठकसँग प्रत्यक्ष संवाद गर्ने छन् ।
कार्यक्रममा महानायक राजेश हमाल, लेखक सुविन भट्टराई र डा नवराज केसी सहभागी हुने स्थानीय आयोजक ¥यान्डम रिडर्स सोसाइटीले जनाएको छ । महानायक हमालको हालै प्रकाशित पुस्तक ‘युगदेखि युगसम्म’, लेखक भट्टराईको ‘चमेलीको फूल, बैजनी रुमाल’ र डा केसीको ‘स्वस्पर्श’बारे विभिन्न सत्रमा छलफल हुनेछ ।
महानायक हमालसँग अपिल त्रिपाठी, लेखक डा केसीसँग उपेन्द्र पौडेल र सुविन भट्टराईसँग सनिशा भट्टराईले संवाद गर्ने कार्यक्रम छ । उक्त अवसरमा लेखकसँग पुस्तक हस्ताक्षर कार्यक्रम पनि तय छ ।
न्युरोडको सिटी स्क्वायर ब्याङ्क्वेटमा आयोजना हुने साहित्य उत्सव अपराह्न २ बजेदेखि सुरु भई साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा प्रवेश निःशुल्क गरिएको स्थानीय आयोजक र्यान्डम रिडर्स सोसाइटीले जनाएको छ । यसअघि चितवन लगायत जिल्लामा ‘फाइनप्रिन्ट फिभर’ आयोजना गरिएको थियो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया