बन्दीपुरमा १ लाख २० हजार पर्यटक भित्रियाे

कृष्ण न्यौपाने
दमौली
सन् २०१९ मा १ लाख २० हजार पर्यटकले तनहुँको पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेका छन् । स्वदेशी तथा विदेशी गरी १ लाख २० हजार पर्यटकले बन्दीपुरको भ्रमण गरेको बन्दीपुर पर्यटन विकास समितिले जानकारी दिएको छ ।
बन्दीपुर भ्रमण गर्नेमध्ये ७५ प्रतिशत स्वदेशी र २५ प्रतिशत विदेशी पर्यटक रहेको समितिका अध्यक्ष वैश गुरुङले जानकारी दिए । उनका अनुसार यस अवधिमा ९० हजार स्वदेशी र ३० हजार विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् । गत वर्ष पनि यही हाराहारीमा नै स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुर पुगेको समितिले जनाएको छ । विसं २०७२ सालको भूकम्पपछि प्रत्येक वर्ष बन्दीपुर घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । ‘भूकम्प गएको केही समय बन्दीपुर सुनसान जस्तै बन्यो, पर्यटकको चाप निकै कम थियो,’ उनले भने, ‘अहिले बन्दीपुरमा पर्यटकको चाप राम्रो छ ।’ बन्दीपुरमा अमेरिका, थाइल्यान्ड, चीन, भारत, कोरिया र युरोपियन मुलुकका धेरै पर्यटक आउने गरेका छन् ।
अफसिजनमा बन्दीपुरमा चिनिया पर्यटक अत्याधिक रहने गरेका छन् । बास नबसेपनि भ्रमणको लागि मात्रै आउने पर्यटकमध्ये चिनियाँ पर्यटक बढी रहने गुरुङले जानकारी दिए । हाल बन्दीपुरमा दैनिक ५ सय भन्दा बढी पर्यटक भ्रमणका लागि आउने गरेका छन् । बन्दीपुरमा स्वदेशी तथा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीले सुविधासम्पन्न होटल खोल्ने क्रम वृद्धि भएको छ । होटल व्यवसायीसमेत रहेका पर्यटन विकास समितिका अध्यक्ष गुरुङले हालैमात्र ८ करोडको लगानीमा होटल दरवार हिमालय सञ्चालनमा ल्याएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी हाल बन्दीपुरमा ९÷१० वटा होटल निर्माणाधीन अवस्थामा रहेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बन्दीपुरमा २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
बन्दीपुरमा हाल हिमालय दरवार, ग्रिनपार्क, फेवा, गाउँ घर, वल्र्ड ईन, बन्दीपुर प्यालेस, मगर भिजेल लगायत साना ठूला गरी ५७ वटा होटल तथा २२ वटा होमस्टे सञ्चालनमा छ । ती सबै होटलहरुमा एकै पटक १ हजार ३ सय देखि १ हजार ४ सय पर्यटकले रात बिताउन सक्नेछन् । बन्दीपुर घुम्न आउने पर्यटकलाई यहाँका पर्यटकीय एवं ऐतिहासिक स्थलको बारेमा जानकारी दिने गरिएको छ । बन्दीपुरमा ढुंगाले छापेको बाटोबाट सवारीसाधन जान निषेध गरिएको र पुराना घरहरु भएकोले पनि विदेशीहरु आकर्षित हुने गरेका छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकको आकर्षणको केन्द्र बन्ने गरेको छ ।
कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृंखला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरि लगायतका हिमशृंखला देखिने भएकाले पर्यटक रमाउने गर्दछन् ।
बन्दीपुर घुम्न निम्तो
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुर गाउँपालिका, पर्यटन विकास समिति, क्षेत्रीय होटल संघले बन्दीपुर घुम्न निम्तो दिन देशका प्रमुख सहरमा कार्यक्रम गर्ने योजना बनाएको छ । नेपाल भ्रमण वर्ष २०२० मा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना सहित देशका प्रमुख सहरमा माघ महिनामा कार्यक्रम गरी बन्दीपुर घुम्न निम्तो दिइने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया