क्रिकेट विकासमा नेपथ्यको साथ

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम गण्डकी प्रदेशभित्रका विद्यालयको क्रिकेट विकासमा सहयोग खर्चिने भएको छ । पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार साँझ पोखरा रंगशालामा नेपथ्यको कन्सर्ट गरिएको थियो ।
उक्त कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम विद्यालयको क्रिकेट विकासमा सहयोग गर्ने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए । उनले उक्त कन्सर्ट ७ हजार ८ सय जनाले टिकट काटेर कन्सर्ट अवलोकन गरेको उल्लेख गरे । २ हजार २ सय जना आमन्त्रित पासको रुपमा कन्सर्टमा पुगेका थिए । केही व्यक्ति टिकट नकाटी पुगेकाले करिब १२ हजारले कन्सर्टको अवलोकन गरेको आयोजकको अनुमान छ ।
कन्सर्टका लागि सुरुआतमा टिकट काट्ने १ हजार जना र विद्यार्थीका लागि ९ सय ९९ रुपैयाँ तोकिएको थियो । अन्यका लागि १ हजार ४ सय ९९ रुपैयाँ निर्धारण गरिएको थियो । टिकट खरिद गरेवाफत एभेन्जर्सले जर्सी दिएको थियो । प्रत्येक टिकटबाट २ सय जिल्ला खेलकुद विकास समिति र १ सय विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी भएको थियो ।
सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरका क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्ने एभेन्जर्सका अध्यक्ष त्रिपाठीले जानकारी दिए । खेलकुद विकास समिति र क्रिकेट संघसँगको समन्वयमा विद्यालय छनोट गरिने त्रिपाठीले बताए ।
नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुँदै छ । पहिलो संस्करणमा पोखराले २ खेलमा मात्रै जित निकालेको थियो । यस पटक अघिल्लो संस्करणको कमजोरी सुधार गरेर प्रदर्शन राम्रो गर्ने त्रिपाठीको विश्वास छ ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया