परोपकारमा न्यानो कपडा वितरण

समाधान संवाददाता
पोखरा
पोखरा १५ स्थित राष्ट्रिय परोपकार महासंघ नेपालमा न्यानो कपडा वितरण गरिएको छ । बालहित संरक्षण समिति र महिला क्लब पोखराले परोपकार महासंघद्वारा सञ्चालित गुरुकुलका ४७ जना बटुक बालबालिकाका लागि न्यानो कपडा वितरण गरेको हो ।
पोखरा ७ का अध्यक्ष रामचन्द्र बराल, महिला क्लबकी अध्यक्ष मीना आचार्य, बालहित संरक्षण समिति अध्यक्ष राममोहन आचार्य, समितिकी आजीवन सदस्य अनीता शेरचन लगायतले महासंघका संस्थापक युवा पण्डित भागवत भाष्कर कमलनयन गौतमलाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।
समितिका अध्यक्ष आचार्यले ५० हजार मूल्य बराबरको गुरुकुलकै ट्रयाक शुट, ज्याकेट, विद्यालय पोसाक र मोजा वितरण गरिएको बताए ।
वडाध्यक्ष बरालले बालहित संरक्षण समितिले आगामी दिनमा पनि परोपकारका कार्यलाई निरन्तरता दिन आग्रह गरे । यसमा वडा कार्यलयले समेत सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
युवा पण्डित गौतमले परोपकारी मनहरुले नै पुण्य कमाउने बताए । कार्यक्रममा बालहित संरक्षण समितिका सल्लाहकार रामबहादुर पौडेल र महिला क्लब पोखराकी सल्लाहकार विष्णु पराजुलीले बोलेका थिए ।
महिला क्लब पोखराकी अध्यक्ष मीना आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा युवा पण्डित गौतमले स्वागत गरे । बालहित संरक्षण समितिका अध्यक्ष राममोहन आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया