लिटिल स्टेप माविमा खेलकुद
समाधान संवाददाता
२०८२ कार्तिक २७ गते १६:२३

पोखरा ।
लिटिल स्टेप माध्यमिक विद्यालय, पोखरा महानरपालिका – ८ सिमलचौरमा शैक्षिक सत्र २०८२ अन्तर्गत कक्षा ११ र १२ विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूबीच अन्तर संकाय त्रिदिवसीय खेलकुद कार्यक्रम बिहीबार आरम्भ भयो ।
तीन दिनसम्म सञ्चालन हुने खेलकुद कार्यक्रमको समुद्घाटन संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ तथा प्राचार्य पम्फा गुरुङले संयुक्त रूपमा मन्तव्यसहित बल हस्तान्तरण गरेर शुभारम्भ गरे ।
भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, रस्साकस्सी जस्ता खेलहरू समाविष्ट हुने उक्त खेलकुदमा प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने संकाय तथा विद्यार्थीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था पनि छ ।
सम्बन्धित








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया