आगो निभाउन सिकाइयाे

जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका ३ स्थित पुथाङ एयरपोर्ट, जोमसोममा शनिबार सम्भावित आगलागीबारे जनचेतना जगाउँन कृतिम अभ्यास गरिएको छ । जोमसोम र पुथाङ एयरपोर्ट बजारका पर्यटन व्यवसायी लगायतलाई लक्षित गरी सुरक्षित रहने उपाय सिकाउन कृतिम अभ्यास प्रदर्शन गरिएको हो ।
होटल एसोसियसन नेपाल (हान) मुस्ताङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र जोमसोम नागरिक उड्यन कार्यालय मुस्ताङको समन्वयमा कार्यक्रम गरिएको हो । भान्सामा प्रयोग हुने ग्यास सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय र पेट्रोलबाट हुन सक्ने आगलागीका घटना नियन्त्रणमा लिने उपाय पर्यटन व्यवसायी तथा स्थानीयलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हान मुस्ताङ अध्यक्ष बिमला शेरचनले बताइन् ।
अध्यक्ष शेरचनले यस प्रकारको कार्यक्रम तल्लो मुस्ताङदेखि माथिल्लो मुस्ताङसम्म लैजाने योजना सुनाइन् । ‘कतिपय कुरा नजान्दा र नबुझ्दा हुने आगलागीले ठूलो विपद् सृजना गर्छ, धेरै मानिस चुल्होचौकामा ग्याँस र विद्युतबाट हुने आगलागी घटनाबाट पीडित भइरहेका पनि छन्,’ अध्यक्ष शेरचनले भनिन्, ‘यो सिकाइले भान्सामा ग्याँसबाट उत्पन्न हुने आगलागी नियन्त्रण गर्न सघाउनेछ ।’
जोमसोम नागरिक उड्यन कार्यालय जोमसोम, मुस्ताङको उद्दार तथा अग्नि निवारण शाखाका प्रमुख सुरज नगरकोटी र लक्ष्मण श्रेष्ठले पेट्रोलबाट आगलागी हुँदा उक्त आगोलाई नियन्त्रणमा लिने उपायबारे अभ्यास गराएका थिए । सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म मुस्ताङको सशस्त्र प्रहरी टोलीले घरायसी भान्सामा ग्याँसबाट हुने आगलागी घटना नियन्त्रणमा लिने उपायको कृतिम अभ्यास गरेको थियो ।
नागरिक उड्यनका उद्दार तथा अग्नि निवारण शाखाका प्रमुख सुरज नगरकोटीले जोमसोम र एयरपोर्टका पर्यटन व्यवसायी र स्थानीयलाई आगलागी कसरी हुन्छ, कसरी नियन्त्रणमा लिने भनी जानकारी प्रदान गरिएको सुनाए ।
कृतिम अभ्यासमा ग्याँस चुहावट भई आगलागी हुँदा तुरुन्तै आगलागी नियन्त्रणमा लिन दुई प्रकारका विधिहरु सिकाइएको थियो । ग्याँस चुहावट भई आगलागी भएमा सर्वप्रथम बाल्टिनको सहायताले ग्यासको माथिल्लो भाग पूरै छोपेर अक्सिजन प्रवाह नहुने गरी निभाउन सकिने जानकारी दिइयो । यसैगरी ग्याँस चुहावट भई आगलागी हुँदा तुरुन्तै ब्ल्याङ्केट वा कुनै कपडाको सहायताबाट ग्याँसको माथिल्लो भागमा हावा नछिर्ने गरी बन्द गर्दा आगो नियन्त्रणमा लिने सकिने बताइयो ।
पेट्रोलियम पदार्थमा अचानक आगोलागी भएको अवस्थामा तुरुन्तै अग्नि समन यन्त्र अर्थात (फायर इक्सटिङसर)को सहायताले आगो नियन्त्रणमा लिने सकिने जानकारी दिइयो ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया