पश्चिमाञ्चल माविमा वार्षिक खेलकुद कार्यक्रम

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा वार्षिक खेलकुद कार्यक्रम आयोजना गरिएको छ । कक्षा ११ र १२ का विद्यार्थीका लागि आयोजना गरिएको कार्यक्रम ३ दिनसम्म सञ्चालन भएको थियो ।
विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीमा रहेको खेल उत्साहलाई उजागर गर्नका लागि कार्यक्रम गरिएको बताए । फुटसल, भलिवल, बास्केटबल लगायतका खेलकुद प्रतियोगिता भएका हुन् । खेलकुदमा छात्रा र छात्रहरुले विभिन्न समूह बनाएर आन्तरिक प्रतिश्पर्धा गरेका थिए ।
विद्यालयका प्सल टु इन्चार्ज देव क्षेत्रीले विद्यार्थीमा रहेको खेल क्षमतालाई बाहिर ल्याउन पनि बर्सेनि खेलकुद कार्यक्रम आयोजना गरिएको बताए । विद्यार्थीमा रहेको खेल क्षमता पहिचान गर्नका लागि यस्ता आन्तरिक प्रतिश्पर्धा जरुरी रहेको उनको भनाइ छ ।
पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान विद्यालयस्तरबाटै हुने भएकाले यस्ता गतिविधि आवश्यक पर्ने बताए । ‘विद्यालयबाट खेलकुदमा पहिचान बनाउँदै अघि बढ्ने हो । विद्यालयले अघिल्ला वर्ष पनि विभिन्न खेलका प्रतियोगितामा उपाधि जितेर पहिचान बनाएको छ,’ उनले भने, ‘विद्यालयमा राम्रो गर्न सक्ने क्षमता भएका खेलाडी पहिचान गर्दै विभिन्न प्रतिश्पर्धामा भाग लिँदै अघि बढ्दा सफल हुन सकिन्छ ।’ खेलकुदमा उत्कृष्ट हुने टिमलाई मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।









महिला उद्यमी संघ कास्कीको अध्यक्षमा एलिना बराल सर्वसम्मत
कास्कीकोटको सिद्ध बराह विद्यालयले एक वर्षसम्म हिरक जयन्ती मनाउने
कांग्रेसको विशेष महाधिवेशन आजबाट, गण्डकीद्वारा धर्म निरपेक्षता खारेजी र ‘कोर्स करेक्सन’ को प्रस्ताव
नेपाल–भारत मैत्री संघ कास्कीको अध्यक्षमा किरणलाल श्रेष्ठ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया