लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर बन्यो

काठमाडौं । नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सको ’कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ ।
काठमाडौंमा मंगलबार लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सिइओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुसी व्यक्त गरे । उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’
त्यस्तै लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जीव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं । त्यसै अनुरूप यो सम्झौता पनि हो ।’
सन् १९७७ मा स्थापित लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो र विश्वसनीय तार, केबल तथा कन्डक्टर ब्रान्ड हो । ४ दशकभन्दा बढी समयदेखि यसले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सन् २०१४ देखि रमेश कर्पको नेतृत्वमा सञ्चालित यो कम्पनी आफ्नो क्षेत्रमा नेपालको पहिलो र एक मात्र सार्वजनिक सूचीकृत कम्पनी पनि रहेको छ ।







नेपाली-अमेरिकन एसोसिएसन लुइजियानाको साधारण सभा
लेखनाथ महोत्सवको स्टल बुकिङ खुला
पोखरामा खुल्यो लक्ष्मी ईमोबिलिटी
मिस तामाङको तयारी सुरु
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया