गण्डकी बहुप्राविधिकको निर्देशकमा डा टेकनारायण पौडेल सिफारिस

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशक पदमा डा टेकनारायण पौडेल सिफारिस भएका छन्। निर्देशक छनोट सिफारिस समितिको मंसिर ६ गतेको निर्णयअनुसार योग्यताक्रमका आधारमा डा पौडेल, सरोज अधिकारी र यज्ञप्रसाद पराजुलीलाई प्राथमिकतामा राखेर पोखरा महानगरपालिकामा नाम सिफारिस गरिएको हाे।
सिफारिसअनुसार पोखरा महानगरपालिकाको ५७औँ कार्यपालिकाको बैठकले डा टेकनारायण पौडेललाई गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको छ।
शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा सिफारिस भएपछि शिक्षालयको नेतृत्व रिक्त रहेको थियो। रिक्त पदलाई जिम्मेवारी बहन गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले करिब ६ महिनादेखि निमित्त निर्देशकको रूपमा कार्यसम्हाल्दै आएका थिए।
गण्डकी बहुप्राविधिक शिक्षालय २०७६ सालदेखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) सँगको सहकार्यमा पोखरा महानगरपालिकाद्वारा सञ्चालित हुँदै आएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लासहित करिब ४०० विद्यार्थी अध्ययनरत छन्।
शिक्षालयमा डिप्लोमा तहअन्तर्गत सिभिल इन्जिनियरिङ, अटोमोबाइल, फार्मेसी, सामान्य चिकित्सा, बन विज्ञान तथा प्रि–डिप्लोमाअन्तर्गत बाल विकास सहजकर्ता र सिभिल इन्जिनियरिङसहित आठ कार्यक्रम सञ्चालनमा छन्।








मतदातालाई ‘नो भोट’ को अधिकार : विदेशबाटै मतदान गर्न पाइने, अध्यादेश मन्त्रिपरिषद् जाँदै
पोखरा बहुमुखीको ३९ औं वार्षिकोत्सव मनाइयो
कांग्रेसको १५ औं महाधिवेशन पुस मसान्तमा : विशेष महाधिवेशन टार्ने देउवाको दाउ
पोखरा १३ को वडास्तरीय गणित हाजिरजवाफ, भद्रकाली मावि प्रथम, ताराकुञ्ज दोस्रो
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया