स्याङ्जामा ‘विविशारा’ उपन्यासमाथि विमर्श, दर्जन बढी स्रष्टाले वाचन गरे रचना

वालिङ ।
स्याङ्जाको वालिङमा उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो कृति ‘विविशारा’ माथि विमर्श गरिएको छ । शनिबार वालिङ–६ मिर्दीस्थित नेचुरल भ्यु पोइन्ट रेस्टुरेन्टमा आयोजित कार्यक्रममा कृतिको समीक्षासँगै रचना वाचन सम्पन्न भएको हो । ‘वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६’ ले आफ्नो ३७ औं शृंखलाका रूपमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो सत्रमा वक्ताहरू लक्ष्मीप्रसाद रेग्मी र शान्ता थापाले उपन्यासमाथि टिप्पणी गरे । उनीहरूले कृतिको सबल र सुधार गर्नुपर्ने पक्षबारे समीक्षात्मक मन्तव्य राखेका थिए । सो अवसरमा लेखक घिमिरेले आफ्नो लेखन अनुभव र पुस्तकको पृष्ठभूमिबारे प्रस्ट पारे । फिनिक्स बुक्सले बजारमा ल्याएको यो उपन्यासमा अलौकिक प्रेम र खुसीको जीवनको खोजीलाई मुख्य विषय बनाइएको छ ।
भोजपुरको टेम्केमयुँ गाउँपालिका–६ मा जन्मिएका घिमिरे हाल मोरङको सुन्दरहरैँचा–९ विराटचोकमा बस्छन् । संस्कृतमा आचार्य गरेका उनी सशक्त छन्दकवि तथा आख्यानकार हुन् । एक दशक रेडियो पत्रकारिता गरेका घिमिरेका दर्जन हाराहारी कृति प्रकाशित छन् । उनी विभिन्न राष्ट्रियस्तरका पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
कार्यक्रमको दोस्रो सत्रमा स्याङ्जाका स्रष्टाहरूले सिर्जना वाचन गरे । विष्णु पंगेनी पाण्डे, बोधराज न्यौपाने, राजु गैह्रे, लीलाप्रसाद रेग्मी, अग्निकुमार रेग्मी पल्लव, कमलप्रसाद बगाले, इन्द्रप्रसाद पाठक र झवनाथ बस्यालले रचना सुनाए । यस्तै दमकुमारी बगाले, युवराज सुवेदी, वसन्त खनाल, प्रेमप्रसाद सुवेदी, दिलीप तिवारी, ढालबहादुर केसी, लेखनाथ काफ्ले, शम्भु अर्याल, अनन्त अर्याल र ध्रुवप्रसाद शर्मा पंगेनीले आ–आफ्ना उत्कृष्ट रचना वाचन गरेका थिए ।
स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवका सन्दर्भमा यो कार्यक्रम गरिएको हो । अनौपचारिक शैलीमा सम्पन्न कार्यक्रमको संयोजन अभियानका संस्थापक संयोजक एवं युवा कवि मिलन समीरले गरेका थिए । स्वागत मन्तव्य संस्थापक अभियन्ता युवराज सुवेदीले राखेका थिए ।








रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा
पोखरामा राइज फिटनेसको ३ शाखा संञ्चालन, ५ करोडभन्दा बढी लगानी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया