सरकारले काम गरेर जवाफ दिन्छः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता
पोखरा
नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीले गण्डकी प्रदेशलाई नेपालकै पहिलो बालमैत्री प्रदेश बनाउन माग गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उनकै कार्यालयमा २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै उनीहरुले यस्तो माग गरेका हुन् ।
किशोरीले प्रदेशको बालबालिकासम्बन्धी ऐन, महिला र बालबालिकाको सवाल हेर्ने संसदीय समिति र बालिका उप–समितिको पनि उनीहरुले माग गरे । प्रत्येक विद्यालयमा बालिकामैत्री शौचालय, स्थानीय तहमा बाल हेल्पलाइन, बालबालिका हेर्ने छुट्टै डेस्क, बालमैत्री स्थानीय शासन, बालबालिका तथा किशोर किशोरी स्रोतकेन्द्र, बालिका बिमा कार्यक्रम तथा बालिका मैत्री अनुसन्धान र न्यायिक प्रणाली लगायत व्यवस्था गरिदिन उनीहरुले ध्यानाकर्षण गराए ।
किशोरीहरुको ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशलाई बालमैत्री तथा किशोरीमैत्री बनाउन काम गरिरहेको बताए । प्रदेश सरकारले बोलेर होइन काम गरेर जवाफ दिने भन्दै किशोरीहरुलाइै आश्वस्त पारे ।
सामाजिक विकास मन्त्री नरदेवी पुन मगरलाई भेटेर उनीहरुले बालिकाहरुका लागि नीतिगत रुपमा सक्षम बनाउन र आवश्यक बजेटसमेत विनियोजन गरिदिन आग्रह गरे ।
उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री विकास लम्साललाई भेटेर पर्यटनका साथ साथै बढ्न सक्ने बालबालिकाको बेचबिखन, यौन दुव्र्यवहार, मनोरञ्जनका क्षेत्रमा बालबालिकाको प्रयोग, लागु पदार्थ दुव्र्यसनी, अपराध जस्ता कुरामा सजग रहँदै किशोरी सुरक्षाका लागि समेत पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
जागृति बाल तथा युवा सरोकार नेपालको व्यवस्थापनमा देवचुली नगरपालिकाबाट पोखरा आएका ४५ जना किशोरीले प्रदेश सभाका उप सभामुख सिर्जना शर्मालाई भेटेर आफूहरुले स्थानीय स्तरमा बालिका सुरक्षाका लागि गरिरहेको पहलबारे जानकारी गराएका थिए ।
क्यानालानको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रममार्फत किशोरी समूहहरुले बालिकामैत्री शौचालय निर्माण अभियान, किशोरीलाई आत्मरक्षा तालिम, बालिकालाई घरेलु महिनावारी प्याड बनाउने तालिम, क्षमता विकास तथा जीवनोपयोगी सीप तालिम, बालिका सम्मेलन आदि गरेका छन् ।
पोखरा बसाइँका क्रममा उनीहरुले पोखराको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था चिल्ड्रेन नेपालको भ्रमण गरी पोखराका बालबालिकासँग अन्तर्क्रिया गरेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया