एमाले महाधिवेशन: कोइरालाद्वारा उम्मेदवारी फिर्ता लिन अस्वीकार, चुनाव लड्ने घोषणा

समाधान संवाददाता २०८२ मंसिर १४ गते १७:३०

पोखरा ।
नेकपा (एमाले) को १० औं महाधिवेशनका सन्दर्भमा कास्की क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारी दिएका सञ्जीवबहादुर कोइरालाले आफ्नो उम्मेदवारी फिर्ता नलिने घोषणा गरेका छन्।

पार्टीभित्र सर्वसम्मत वा सहमतिका नाममा उम्मेदवारी फिर्ता गराउने प्रयासहरू भइरहँदा कोइरालाले निर्वाचन समितिलाई लिखित निवेदन नै बुझाएर आफू प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका हुन्।

कोइरालाले ‘महाधिवेशन प्रतिनिधि निर्वाचन समिति, क्षेत्र नं. २ कास्की’ का प्रमुखलाई सम्बोधन गर्दै बुझाएको पत्रमा भनिएको छ, “मैले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत महाधिवेशन प्रतिनिधिको लागि खुल्ला तर्फ उम्मेदवारी दर्ता गरेकोमा मेरो उम्मेदवारी फिर्ता नहुने जानकारी गराउँदै निर्वाचनको प्रक्रियाबाट प्रतिनिधि छनौट गरिदिनु हुन अनुरोध गर्दछु।”

Advertisement

नेता कोइरालाले लोकतान्त्रिक विधि र प्रक्रियालाई आत्मसात गर्दै निर्वाचन प्रक्रिया (भोटिङ) बाटै प्रतिनिधि छनौट हुनुपर्ने अडान राखेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया