पोखरा १३ को वडास्तरीय गणित हाजिरजवाफ, भद्रकाली मावि प्रथम, ताराकुञ्ज दोस्रो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १३ को वडास्तरीय गणित हाजिरजवाफ प्रतियोगितामा भद्रकाली माध्यमिक विद्यालय प्रथम भएको छ । ‘गणितमा हौसला, जीवनमा सफलता’ भन्ने नाराका साथ वडा कार्यालयले आयोजना गरेको अन्तर विद्यालय माध्यमिक तह (कक्षा ९–१०) स्तरीय प्रतियोगितामा भद्रकालीले उपाधि जितेको हो ।
अक्सफोर्ड बोर्डिङ स्कुलको संयोजन तथा व्यवस्थापनमा भएको प्रतियोगितामा वडाभित्रका ९ विद्यालय सहभागी थिए । प्रतियोगितामा ताराकुञ्ज बोर्डिङ स्कुल द्वितीय र चिल्ड्रेन्स एकेडेमी तृतीय भए । त्यस्तै बाल कल्याण बोर्डिङ स्कुलले चौथो र इडेन्स एकेडेमीले पाँचौं स्थान हासिल गरे ।
प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणको लिखित परीक्षाबाट उत्कृष्ट ६ विद्यालय छनोट भएर दोस्रो चरणको ‘क्विज राउन्ड’ मा प्रवेश गरेका थिए । दोस्रो चरणमा भद्रकाली, ताराकुञ्ज, बाल कल्याण, इडेन्स, चिल्ड्रेन्स र अक्सफोर्डबिच प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रम वडा शिक्षा समितिका संयोजक राजेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो । प्रमुख अतिथि वडाध्यक्ष किरण बराल थिए । कार्यक्रममा क्विज मास्टरको भूमिका भूमिराज पौडेलले निर्वाह गरेका थिए भने समय जाँचकर्ता चन्द्रमणि अधिकारी र सञ्चालक महेन्द्र पौडेल थिए ।
विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै सभापति भण्डारीले विद्यार्थीमा गणितप्रतिको रुचि, तार्किक सोच र प्रतिस्पर्धात्मक क्षमता बढाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले वडाभित्रका विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र असल अभ्यास आदानप्रदान गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।








कांग्रेसको १५ औं महाधिवेशन पुस मसान्तमा : विशेष महाधिवेशन टार्ने देउवाको दाउ
पोखरा १३ को वडास्तरीय गणित हाजिरजवाफ, भद्रकाली मावि प्रथम, ताराकुञ्ज दोस्रो
रास्वपा र विवेकशील साझा एक : नाम रास्वपा, चिह्न घण्टी नै
क्लासरुमबाट न्युजरुमसम्म लेकसिटीका विद्यार्थी
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
तपाईको प्रतिक्रिया