फागुन २१ मै चुनाव हुनुपर्छ, ठूला दललाई पन्छाएर वातावरण बन्दैन : प्रचण्ड

समाधान संवाददाता २०८२ मंसिर १५ गते १:३२
?????, ?? ??????? ?????? ?????????? ?????? (?????) ???????????? ??????? ?????? ?????? ‘???? ?????? ?????’ ??? ??????? ?????????? ??????? ?????? ???????? ????? ‘???????’? ??????? ?????? ?????÷????

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने बताएका छन् । सरकारले चुनावको वातावरण बनाउन जनाधार भएका दलहरूसँग तत्काल छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

Advertisement

आइतबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले ठुला दललाई पन्छाएर चुनाव सम्भव नहुने चेतावनी दिए । ‘चुनाव तोकिएको समय फागुन २१ गते नै हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सरकारले जनाधार भएका पार्टीका नेतासँग छलफल गर्नुपर्छ । जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बन्दैन ।’

देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएको भन्दै उनले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्ति एकजुट हुनुपर्ने बेला आएको बताए । अघिल्लो सरकारले दुई तिहाइ बहुमतको घमन्ड गर्दा राष्ट्रले ठुलो क्षति बेहोर्नुपरेको उनको आरोप छ ।

Advertisement

आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध लड्न खोज्दा हटाइएको दाबी उनले गरे । ‘हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौं । सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौं, तर हटाइयो,’ दाहालले भने, ‘अघिल्लो पटक हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन ।’ आगामी निर्वाचनमा पहिलो शक्ति बनेर विगतका कमीकमजोरी सच्याउँदै राष्ट्रियता र सुशासनका पक्षमा काम गर्ने प्रतिबद्धता उनले जनाए ।

विभिन्न १७ घटकसँगको पार्टी एकता चुनाव जित्नका लागि मात्र नभएको उनको भनाइ छ । राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि कम्युनिस्ट एकता र लोकतान्त्रिक शक्तिसँग सहकार्य गरिएको उनले प्रस्ट पारे ।

तपाईको प्रतिक्रिया