भुरुङचौकी माविलाई राष्ट्रपति रनिङ शिल्डको उपाधि

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुरुङचौकी माध्यमिक विद्यालयले जितेको छ ।
बिरुवा–८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा सम्पन्न प्रतियोगितामा भुरुङचौकीले १० स्वर्ण, ९ रजत र २ कांस्य पदक हात पार्दै उपाधि उचालेको हो ।
प्रतियोगितामा जामुने डाँडा माध्यमिक विद्यालयले ६ स्वर्ण, ५ रजत र २ कांस्य पदकसहित दोस्रो स्थान हासिल गरेको छ । यस्तै, ५ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जितेको बिरुवा मुनलाइट एकेडेमी तेस्रो भएको छ ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले खेलकुदले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकासमा मद्दत गर्ने बताए । उनले भने, ‘प्रतियोगिताले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ ।’
प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो र सटपुटजस्ता खेल समावेश गरिएको थियो । यसपटकको रनिङ शिल्डमा पालिकाभित्रका १० विद्यालयले सहभागिता जनाएका थिए ।









निष्प्रभको ‘याली’ आयो
गण्डकी विश्वविद्यालयको सकस
सम्पादकीय—कांग्रेस विवाद र आगामी चुनाव
इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया