अजीतलाई बन्दीपुर दौडको उपाधि

कृष्ण न्यौपाने
दमौली
बन्दीपुर गाउँपालिकाले बुधबार आयोजना गरेको दौड प्रतियोगिताको उपाधि काठमाडौंका अजीतकुमार यादवले जितेका छन् । बन्दीपुर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगितामा खुलातर्फको उपाधि यादवले जितेका हुन् ।
बन्दीपुरको डुम्रे बजारदेखि गाउँपालिका कार्यालयसम्म ८ किमी दूरी यादवले ३८ मिनेट ५३ सेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा ओेखलढुंगाका अनील कार्की द्वितीय भए । उनले उक्त दूरी ३९ मिनेट १६ सेकेन्डमा पूरा गरे । प्रतियोगितामा प्रथम र द्वितीय हुने धावकले क्रमश ३० हजार र १५ हजार प्राप्त गरे ।
आन्तरिकतर्फको दौडमा बन्दीपुर १ का चन्द्रकुमार सुनार उक्त उक्त दूरी ४४ मिनेट ५१ मिनेटमा पार गरी प्रथम भए । बन्दीपुर २ का रविन गुरुङले ४६ मिनेट ३७ सेकेन्डमा पूरा गरी द्वितीय भए । खुला र आन्तरिक गरी प्रतियोगितामा ३० जान धावक सहभागी थिए ।
विजेतालाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल र गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले पुरस्कार वितरण गरे । मन्त्री लम्सालले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए । पर्यटनबाट समृद्धि सम्भव रहेको चर्चा गर्दै मन्त्री लम्सालले पर्यटकीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताए ।
नेपाल भ्रमण वर्ष २०२० का अवसरमा बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । गाउँपालिकाले सोही अवसरमा एकल पुरुषलाई सिरकसमेत वितरण गरेको छ । गत वर्ष एकल महिलालाई सिरक वितरण गरेको गाउँपालिकाले यो पटक ७० वर्ष उमेर कटेका ६ सय जना एकल पुरुषलाई सिरक वितरण गरेको हो ।
बन्दीपुरलाई पर्यटनको माध्यमबाट परिचित गराउन गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । गाउँपालिकाले गत वर्ष बन्दीपुर गाउँपालिका ४ विमलनगरस्थित सिद्धगुफाभित्र टेबलटेनिस र कवितावाचन प्रतियोगिता गरेको थियो ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया