देवघाटको पर्यटकीय गतिविधिको पुस्तिका प्रकाशन

समाधान संवाददाता
दमौली
तनहुँको देवघाट गाउँपालिकाले पर्यटकीय, धार्मिक सम्पदा समेटिएको पुस्तिका प्रकाशन गरेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष गरी गाउँपालिकाले यहाँ रहेका धार्मिक, पर्यटकीय, सांस्कृतिक सम्पदा समेटिएको पुस्तिका प्रकाशन गरेको हो ।
देवघाटका महत्वपूर्ण ठाउँहरुको प्रचारप्रसार गर्ने उद्देश्यसहित पुस्तिका प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर रानाले जानकारी दिए । ‘देवघाट नेपालमा मात्रै नभई विदेशमा समेत प्रख्यात रहेको ठाउँ हो, देवघाटमा वार्षिक रुपमा लाखौं भक्तजन आउने गरेका छन्,’ थापाले भने, ‘एउटै पुस्तक मार्फत् यहाँका ठाउँहरुको बारेमा जानकारी दिन पुस्तिका प्रकाशन गरेका हौ ।’
उक्त पुस्तिकामा देवघाटको चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी संगमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रंगशाला, छरछरे झरना, घन्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बा लगायतका पर्यटकीय गन्तव्य समावेश गरिएको छ ।
देवघाट गाउँपालिकाले प्रकाशित गरेको उक्त पुस्तिका मंगलबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विमोचन गरे । मन्त्री लम्सालले देवघाटधामको ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व भएकोले कालीगण्डकी नदी कुनै पनि हालतमा डाइभर्सन गर्न नदिइने बताए ।
कालीगण्डकी नदीकै कारण देवघाट र गण्डकी प्रदेशको अस्तित्व रहेको हुनाले यसको संरक्षणमा गण्डकी प्रदेश सरकार लाग्ने मन्त्री लम्सालले बताए । मन्त्री लम्सालले गण्डकी प्रदेश पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण भएको उल्लेख गर्दै पर्यटनबाटै समृद्धि सम्भव रहेको बताए । ‘गण्डकी प्रदेश धार्मिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाले भरिपूर्ण छ,’ उनले भने, ‘पर्यटन क्षेत्रमा सरकार लगानी बढाउनेछ ।’
यसैबीच देवघाट क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल चिनाउनको लागि तनहुँ र चितवन जोड्ने त्रिशुली नदीको पुलको मुलमा होर्डिङबोर्ड स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा देवघाट घुम्न आउने पर्यटकलाई देवघाटधाम क्षेत्रको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिलाउन मुख्य स्थानहरुमा देवघाट क्षेत्र विकास समितिले होर्डिङ बोर्ड स्थापना गरेको हो ।
देवघाट घुम्न आउने पर्यटकहरुलाई जानकारी गराउने उद्देश्य सहित मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको बारेमा नाम र नक्सा सहितको बोर्ड स्थापना गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।









पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
पोखराकी व्यवसायी मीलन थापा रास्वपामा
शिवशक्ति माविमा साढे दुई दशक प्रधानाध्यापक रहेका बास्तोलाको बिदाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया