डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने अभियान सकियो

पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्कीले सञ्चालन गरेको डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने अभियान सकिएको छ । ब्रिटिस रेडक्रस र नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा रेडक्रस कास्कीले अभियान चलाएको हो ।
रेडक्रस कास्की सभापति उर्मिला खड्का भण्डारीले डेंगु रोकथाम तथा प्रतिकार्यका लागि विद्यालय तथा समुदाय स्तरमा विशेष अभियान सञ्चालन गरेको जानकारी दिइन् । उनले ठूलो सञ्जाल रहेको रेडक्रसले ५ पालिकाका ४८ उपशाखामार्फत टोल टोलसम्म डेंगी रोग संक्रमण रोकथाम नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको उल्लेख गरिन् ।
कास्कीमा सन् २०२३ मा ३ हजार ६९ जना डेंगी संक्रमित भएका थिए । २०२२ मा कास्कीमा १ हजार ३ सय ४७ जना डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । कास्कीमा गत वर्ष ९ हजार ८ मानिस संक्रमित भएकोमा गत महिनासम्ममा ५ सय व्यक्ति संक्रमित बनेका थिए ।
रेडक्रस कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले कार्यक्रम अवधिमा २८ सामुदायिक १ संस्थागत गरी २९ विद्यालयका विद्यार्थीलाई अभिमुखीकरण गरेको बताए । ‘कास्कीका ३१ स्थानमा युवा क्लब आमा समूह, टोल विकास संस्था रेडक्रसका उपशाखासहित सामुदायिक सचेतना कार्यक्रमहरु गरिएका छन्,’ उनले भने, ‘कास्कीका २६ ठाउँमा डेंगी संक्रमण फैलाउने लामखुट्टेको खोज र नष्ट अभियान गरिएको छ ।’ उनले सामाजिक सञ्जालको प्रयोग, स्थानीय समुदायको अपनत्वमा तथा विद्यालय स्तर गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको उल्लेख गरे ।
उनले रेडियो तथा टेलिभिजनमार्फत सूचना प्रसारण, फेसबुक टिकटकबाट समेत अभियान चलाएको जनाए । कास्कीमा माइकिङमार्फत सूचना प्रसारण, समुदायमा स्वयंसेवक परिचालनसँगै ब्रोसर वितरण लगायतका गतिविधिसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै उनले कार्यक्रम तथा गतिविधि प्रत्यक्ष रूपमा ९ हजार ४ सय ३ व्यक्ति प्रत्यक्ष रुपमा सहभागी भएको उल्लेख गरे । उनले अप्रत्यक्ष रूपमा ६० हजारभन्दा धेरै व्यक्तिसम्म कार्यक्रम पुगेको दाबी उनको छ ।
उनले रेडक्रस कास्की, सरकारी निकायहरुले यो वर्ष समुदाय स्तरमा प्रभावकारी कार्यक्रम भएकोले डेंगीको संक्रमणलाई रोकथाम तथा नियन्त्रण सम्भव भएको जानकारी दिए । ‘डेंगु रोगको संक्रमणबाट बच्नु भनेको व्यक्तिगत, सामुदायिक तथा संस्थागत रूपमा सरसफाइ नै हो खोज र नष्ट अभियान नै निरन्तरता दिनु नै यस अभियानको मुख्य उपलब्धि हो,’ उनले भने, ‘यस वर्ष समुदायका स्वास्थ्य स्वयंसेविकाको चासो, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा स्वास्थ्य कार्यालय कास्कीको मुख्य भूमिका रहेकै कारण संक्रमणमा दर कम भएको पाइन्छ ।’ उनले सामूहिक प्रयासमा समुदाय स्तरमा प्रभावकारी कार्यक्रम गरेको कारण यो वर्ष डेंगी संक्रमितको संख्या नबढेको उल्लेख गरे ।









डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी ३ महिने अभियान सकियो
आइटिएफ वर्ल्ड टेनिस टुरमा युल, गानुका, सु र शिवाली टेनिस फाइनलमा
एनसेल फाउन्डेसनले २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने
महेन्द्रपुलको फल्चा, सारंगीको धुन र नारायण गोपालका गीत
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया