प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन

पोखरा– पोखराको हेमजामा भएको साहित्य महोत्सवको रौनकबीच गायक तथा संगीतकार प्रेमराज पौडेलको नयाँ म्युजिक भिडियो ‘एक्लो रात’ सार्वजनिक गरिएको छ । शनिबार आयोजित एक समारोहमा वरिष्ठ भाषाविद् एवं कविवर मुकुन्दशरण उपाध्यायले भिडियोको विमोचन गरेका हुन् ।
भाषाविद् उपाध्यायको रथारोहण तथा नागरिक अभिनन्दन समारोहको अवसर पारेर यो सिर्जना बजारमा ल्याइएको हो । विमोचनपछि सर्जक पौडेलले कार्यक्रममा गीत गाएर सुनाएका थिए ।
सार्वजनिक ‘एक्लो रात’ गीतमा शब्द, संगीत र स्वर स्वयं प्रेमराज पौडेलको रहेको छ । प्रेम, विछोड र एकान्तपनको भाव समेटिएको यो गीत आधुनिक शैलीमा तयार पारिएको छ । भिडियोमा चर्चित कलाकार होमराज पौडेल र स्वस्तिका श्रेष्ठले अभिनय गरेका छन् । रामप्रसाद बास्तोलाको निर्देशनमा तयार भएको भिडियोको निर्माण शकुन्तला पहारीले गरेकी हुन् ।
पोखराको सांगीतिक क्षेत्रमा ‘नवोदित’ प्रतिभाका रूपमा उदाएका पौडेलले यसअघि पनि स्थानीय मञ्चहरूमा आफ्नो प्रस्तुति दिँदै आएका छन् । विशेष गरी शब्द रचना र संगीत कर्ममा रुचि राख्ने पौडेलले सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयास गरिरहेका छन् ।
यसअघि विभिन्न सांगीतिक कार्यक्रम र अनौपचारिक सांगीतिक जमघटहरूमा आफ्ना रचना सुनाउँदै आएका पौडेलले ‘एक्लो रात’ मार्फत व्यावसायिक संगीतमा औपचारिक पाइला चालेका हुन् । उनी गायनमा मात्र नभई गीत लेखन र संगीत संयोजनमा समेत पोख्त मानिन्छन् ।
कार्यक्रमको सञ्चालन कविद्वय शिव त्रिपाठी र छन्दिका त्रिपाठीले संयुक्त रूपमा गरेका थिए । महोत्सवमा साहित्यका अन्य विधासँगै संगीतलाई पनि स्थान दिइएकोमा सहभागीले खुसी व्यक्त गरे ।









पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया