पोखरा रोयल सहकारीले पायो राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट इजाजतपत्र

समाधान संवाददाता २०८२ मंसिर २५ गते १६:०४

पोखरा ।

पोखरा महानगरपालिका १० बुद्धचाेकमा रहेकाे पोखरा रोयल बचत तथा ऋण सहकारीले सञ्चालन इजाजतपत्र पाएकाे छ ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले इजाजतपत्र प्रदान गरेकाे हाे । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले इजाजतपत्र नं. ००००२ प्राप्त गरेको छ ।

Advertisement

प्राधिकरणले मंसिर १० गते ‘सहकारी दर्ता पोर्टल’ सार्वजनिक गरेको थियो । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि बुधबार(२४ गते) देखि सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको प्राधिकरण अध्यक्ष डा खगराज शर्माले जानकारी दिए।

हालसम्म १ सय १३ वटा सहकारीले सम्पूर्ण प्रक्रिया पुरा गरेको उनले बताए । ती संस्थाहरुको क्रमश इजाजतपत्र अनलाइन सिस्टमबाटै जारी हुने उनले बताए । गण्डकी प्रदेशबाट १७ वटा सहकारीले दर्ता प्रक्रिया पुरा गरेको अध्यक्ष शर्माले बताए।

Advertisement

तपाईको प्रतिक्रिया