शिक्षासेवी गुरुङको निधन
समाधान संवाददाता
२०७६ माघ ७ गते १२:०१

समाधान संवाददाता, पोखरा
पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गणेशबहादुर गुरुङको सोमबार निधन भएको छ । उनले पोखराका विभिन्न पुराना क्याम्पसका प्रमुख र व्यवस्थापन समितिमा रहेर काम गरेका थिए ।
८१ वर्षीय गुरुङ पर्वत फलेबास नगरपालिका ८ चारभन्ज्याङमा जन्मिएका हुन् । तत्कालीन राजपरिषद स्थायी समिति सदस्य, तमुधिं नेपालका संस्थापक एवं प्रमुख सल्लाहकार, चारभन्ज्याङ तमु समाजका प्रमुख सल्लाहकारसमेत भएर उनले काम गरेका थिए । गुरुङका श्रीमती, १ छोरा र २ छोरी छन् ।
गुरुङको निधनमा तमु धिं नेपाल, तमु समाज युके परिवारले शोक वक्तव्य प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । उनको सोमबारै लामा परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
सम्बन्धित









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया