ग्लोबल रिचको ‘बिगेस्ट अस्ट्रेलियन एजुकेशन फेयर’मा विद्यार्थीको भिड

समाधान संवाददाता २०७६ माघ ७ गते १२:४५

समाधान संवाददाता
पोखरा

ग्लोबल रिचको ‘बिगेस्ट अस्ट्रेलियन फेयर’ मा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्शदाता कम्पनी ग्लोबल रिचको पोखरा शाखाले ‘फेयर’ को आयोजना गरेको हो ।

फेयरमा अस्ट्रेलियाका १२ कलेजका प्रतिनिधिले शैक्षिक वातावरणबारे जानकारी गराएका थिए । ग्लोबल रिचले यस्तो खालको फेयरको आयोजना गरी अस्ट्रेलियाको जानकारी लिन मौका दिएकोमा विद्यार्थी खुसी थिए ।

Advertisement

‘विद्यार्थीको सहभागिता साँच्चै गज्जबको रह्यो, उनीहरुले अस्ट्रेलियाका बारेमा धेरै जानकारी पाएकोमा दंग देखिन्थे,’ ग्लोबल रिच पोखरा शाखा प्रमुख सरीता गुरुङले भनिन्, ‘विद्यार्थीको सजिलोका लागि हामीले यो फेयरको आयोजना गरेका थियौं, उनीहरुको सन्तुष्टि देखेपछि हामी सफल भएको ठानेका छौँ ।’

ग्लोबल रिचले वार्षिक यस्ता एजुकेसन फेयर आयोजना गर्दै आएको छ । ‘ विद्यार्थीले सही सूचना पाऊन् र अस्ट्रेलिया गइसकेपछि दुख नपाऊन् भन्ने चाहना छ, विद्यार्थीलाई सकेसम्म बढी सुविधा दिने हाम्रो चाहना हुन्छ । त्यसैले यस्तो खालको फेयर गर्दै आएका छौं ।’ ग्लोबल रिच पोखरा शाखाका मार्केट डेभलपमेन्ट एक्जिक्युटिभ सागरबाबु गिरीले भने ।

Advertisement

अध्ययनका लागि आवश्यक शैक्षिक कर्जा र त्यसको प्रक्रियाबारे जानकारी दिन फेयरमा विभिन्न बैंकको स्टल पनि राखिएको थियो । ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मुख्य कार्यालय रहेको यो कम्पनीको फरक देशमा ४० भन्दा बढी शाखा छन् । अस्ट्रेलियासँगै भुटान, बंगलादेश, श्रीलंका, भारत र नेपाल लगायतका एसियन मुलुकमा यसको सञ्जाल राम्रो छ । १६ वर्ष अगाडि काठमाडाैंमा शाखा खोलेको यो कम्पनीले पोखरासँगै बुटवल र चितवनमा पनि शाखा विस्तार गरिसकेको छ ।

तपाईको प्रतिक्रिया