मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ

पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको लेकसाइडमा जारी सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा सञ्चालन भइरहेको ‘२७ औं सडक महोत्सव’ मा मादक पदार्थ सेवन गरी होहल्ला र झगडा गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पुस १३ गतेदेखि सुरु भएको उक्त महोत्सवमा सडकमै मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गर्दै हिँड्ने, सिसाका बोतलहरू फुटाउने तथा एक आपसमा झै-झगडा गरी अशान्ति फैलाउने कार्यमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले शान्ति सुरक्षा कायम गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले पक्राउ परेका १४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । महोत्सव अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया