सहारा स्कुललाई सहयोग

समाधान संवाददाता २०८२ पुष १८ गते १४:४५

पोखरा ।
पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा कष्णटोल आमा समूहलेसहयोग गरेको छ । समूहकी अध्यक्ष रुपा केसीले ३० हजार ५ सय ५ रुपैयाँ विद्यालयलाई हस्तन्तरण गरेकी हुन् ।

Advertisement


विद्यालयमा सहयोग गरिरहेको संस्था डायल समुदायले सहयोग गर्न असमर्थ हुँदा जनस्तरबाट भएको सहयोगले स्कुल सञ्चालनमा सहज भएको विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले बताइन् । अध्यक्ष केसीले आफ्नो समुदायको विद्यालय जोगाउन सबैले साथ लिनुपर्ने विचार राखिन् ।


जनप्रतिनिधि नन्दराम गिरी विद्यालय सञ्चालनको उत्तरदायित्व सरकारको जनाउँदै समुदायको पनि हुने साथ पाएकोमा खुसी व्यक्त गरे । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले कृष्णटोल आमा समूहले गरेको कार्यले सकारात्मक सन्देश प्रवाह भएको सुनाए ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालीले विद्यालयलाई निम्नमाध्यमिक तहसम्म सञ्चालन गर्न राज्यले अनुमति दिए पनि शिक्षक व्यवस्थापन नगरिदिदा निकै समस्या झेल्नुपरेको गुनासो गरे । कार्यक्रममा शिक्षक सुदीप कोइराला, सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया