जनता सहकारीको रक्तदान

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ४६ पिन्ट रगत संकलन भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले सहकारीका उपाध्यक्ष सनबहादुर गुरुङलाई बल्ड ब्याग हस्तान्तरण गर्दै रक्तदान सुरुआत गरे ।
सहकारीका अध्यक्ष भरत ओझाको अध्यक्षतामा भएको कार्यक्रममा तिवारीले कास्की जिल्लामा रगतको अभाव हुन नदिन सहकारीले नियमित रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्नु सराहनीय रहेको बताए । उनले साविक लेखनाथ क्षेत्रमा २०३९ सालमा लामास्वाराबाट सुरु भएको रक्तदान अभियान अहिले व्यापक बनेको बताए ।
सहकारीका संस्थापक अध्यक्ष विश्वमोहन पौडेलले सहकारी स्थापना भएदेखि नै रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै निःस्वार्थ रूपमा रक्तदान गर्न सबै सदस्यलाई आग्रह गरे । कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष शोभामोहन पौडेल, कूलबहादुर रानाभाट, निर्वतमान अध्यक्ष विश्वराज लामिछाने, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञावाली, कोषाध्यक्ष दयाराज भण्डारी, सदस्य पदमराज पौडेल, उपाध्यक्ष सनबहादुर गुरुङ लगायतले बोलेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–कास्कीको प्राविधिक सहयोगमा रक्तदान भएको हो । सोही अवसरमा २ दिवसीय कार्यक्रम अन्तर्गत वडा प्रहरी कार्यालय पोखरा ३० लाई कार्यालय प्रयोजनका लागि १ दराज, शान्ति टोल विकास संस्था पोखरा ३० खुदीलाई सरसफाइका लागि डस्टबिन तथा साझा सांस्कृतिक समूह पोखरा ३२ र जेष्ठ नागरिक दिवा सेवा साझा बजारलाई नगद ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।









एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया