पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व

समाधान संवाददाता २०८२ पुष १९ गते १४:१७
????????????????????????????????????

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ को २२ औँ संस्करण पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना हुने भएको छ। अहिलेसम्मका सबै संस्करण केन्द्रीय राजधानीमै आयोजना भएकामा यो वर्षदेखि अवार्ड कार्यक्रम मोफसलमा लैजाने निर्णय गरिएको हो। पोखरा नेपाली खेलकुदको केन्द्र अर्थात् ‘स्पोर्ट्स हब’ भएकाले यसपटकको कार्यक्रमका लागि यो सहर रोजिएको आयोजकले जनाएको छ।

Advertisement

पोखराको खेल इतिहास २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुदको दोस्रो संस्करण २०४० मै यहाँ आयोजना भएको तथ्यसँग जोडिएको छ। २०७९ सालमा नवौँ राष्ट्रिय खेलकुदको मुख्य आधारस्थल पनि पोखरा नै थियो। यहाँ रहेका विशाल भौतिक संरचना र ट्रायथलन तथा प्याराग्लाइडिङ जस्ता साहसिक खेलका लागि पोखरा उत्कृष्ट गन्तव्य मानिन्छ। मोफसलमा अवार्ड कार्यक्रम पुग्दा स्थानीय खेलाडीले ‘स्टारडम’ महसुस गर्ने र उत्कृष्ट प्रदर्शनका लागि थप प्रेरित हुने विश्वास मञ्चले लिएको छ।

DCIM\101MEDIA\DJI_0417.JPG

नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार यो अवार्ड कार्यक्रमलाई सातै प्रदेशमा पुर्‍याउने लक्ष्यको पहिलो खुड्किलो पोखरा हो। मोफसलमा कार्यक्रम गर्दा नेपाली खेलकुदको महत्व बढ्ने र आम खेलाडीलाई सम्मानित हुनुको विशेष अनुभव हुने मञ्चको तर्क छ। अवार्ड जितेका खेलाडीले ‘स्टार’ हुनुको जुन अनुभव साट्छन्, त्यो अब सातै प्रदेशका खेलाडीले आफ्नै क्षेत्रमा महसुस गर्न पाउने गरी योजना बनाइएको आयोजकले बताए।

Advertisement

कार्यक्रम पोखरा ल्याउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महत्त्वपूर्ण भूमिका खेलेका छन्। पोखरामा १३ औँ दक्षिण एसियाली खेलकुद जस्ता ठुला प्रतियोगिता र साहित्य महोत्सवहरू निरन्तर हुँदै आएकाले यो अवार्डका लागि सहर तयार रहेको आचार्यले बताए। पोखरामा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष ‘पोखरा स्पोर्ट्स अवार्ड’ आयोजना गर्दै आएको छ, जसको १० औँ संस्करण आगामी वैशाखमा हुँदै छ। यस्तो पृष्ठभूमिमा केन्द्रले गर्ने राष्ट्रिय स्तरको अवार्ड पोखरामा हुनुले यहाँको खेलकुद पर्यटनमा समेत टेवा पुग्ने देखिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया