बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ । स्वास्थ्य सुविधालाई थप सहज बनाउन यहाँका ४९ स्वास्थ्य संस्थालाई लाखौँ मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
नेपाल गाजा डेपलभमेन्ट फाउन्डेसन र फेयरमेड फाउनडेसनका साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले जिल्ला सदरमुकामदेखि दूरदराजसम्मका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।
परियोजनाले रु ११ लाख २६ हजार २०० को स्वास्थ्य सामग्री तथा फर्निचर उपलब्ध गराएको छ । काठेखोलाका तीन स्वास्थ्य संस्थामा रु दुई लाख ८० हजार ३९५, निसीखोलाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख १८ हजार ७२९, ढोरपाटनका पाँच स्वास्थ्य संस्थालाई रु एक लाख २८ हजार ७१८, जैमिनी नगरपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ५४ हजार १२७ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराएको परियोजनाका अनुगमन अधिकृत सुजन पौडेलले जानकारी दिए ।
त्यसैगरी, बडिगाडका गाउँपालिकाका आठ स्वास्थ्य संस्थालाई रु एक लाख ३२ हजार ३३४, बागलुङ नगरपालिकाका छ वटा स्वास्थ्य संस्थालाई रु एक लाख ९६ हजार ५७४, गलकोटका दुई स्वास्थ्य संस्थालाई रु ४६ हजार ६६९, ताराखोलाका चार वटा स्वास्थ्य संस्थालाई रु ६५ हजार ८२२, तमानखोलाका पाँच वटा स्वास्थ्य संस्थालाई ५९ हजार २१२ र बरेङ गाउँपालिकाका चार वटा स्वास्थ्य संस्थालाई रु ४३ हजार ६१८ बराबरको स्वास्थ्य सामग्री र फर्निचर उपलब्ध गराइएको हो ।
परियोजनाले प्रसूति प्रतीक्षा घरसमेत निर्माण गरिदिएको छ । बिरामीका लागि स्पाइनल बोर्ड, स्ट्रेचर, व्हीलचियर, पेरिलाइट, इएनटी सेट, कलर बकेट, निडिल कटर, सर्जिकल ड्रम, रक्तचाप नाप्ने सेट, टाइमरलगायतका महत्वपूर्ण सामग्रीहरु उपलब्ध गराएको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया