वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण

पोखरा । पोखरास्थित वन विज्ञान अध्ययन संस्था (आइओएफ) मा ‘हल्ट प्राइज अनक्याम्पस २०२६/२७’ को तयारी तीव्र पारिएको छ । विद्यार्थीमा उद्यमशीलता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले विभिन्न सत्र सञ्चालन भइरहेका छन् ।
आगामी कार्यक्रमको मुख्य आकर्षणका रूपमा ‘बिजनेस मोडल क्यानभास’ र ‘लिन क्यानभास मोडल’ सम्बन्धी सत्र रहनेछ । यसको नेतृत्व एइसिएमएस एकेडेमीका संस्थापक एवं हल्ट प्राइज पोखरा विश्वविद्यालय २०२१ का अनक्याम्पस विजेता रोहित दाहालले गर्नेछन् ।
कार्यक्रममा रणनीतिक सोच र ‘पिचिङ’ मा अब्बल मानिने ‘टिम अश्वत्थामा’ लाई पनि जोडिएको छ । यो समूहमा हल्ट प्राइज (पियु), ग्लोबल दुबई सम्मेलन, आइडिया स्टुडियो (सिएसआई), आइडियाथन (आइसिपिए) र युजिसि सिड इन्भेस्टमेन्टमा सफलता हासिल गरेका युवा संलग्न छन् ।
यसअघि संस्थामा आइडिया सिर्जना र नवप्रवर्तनसम्बन्धी सत्र सम्पन्न भइसकेको छ । उक्त सत्रमा पियुरो ड्रिङ्किङ वाटरका संस्थापक तथा ज्ञान फुड एन्ड बेभरेज प्रालिका प्रबन्धक अशोक खड्काले आफ्ना अनुभव सुनाएका थिए । त्यस्तै, वायुदृष्टिकी सह–संस्थापक एवं हल्ट प्राइज नेपाल २०२५ की राष्ट्रिय विजेता श्रीषा पाण्डेले पनि आफ्नो यात्राबारे जानकारी गराएकी थिइन् । पाण्डेले बेलायतमा आयोजित ‘हल्ट प्राइज ग्लोबल एक्सिलेरेटर २०२५’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

विद्यार्थीलाई प्रेरित गर्न टिम अश्वत्थामाका सौगात आचार्य र सचिन घिमिरेले युवा नेतृत्व र नवप्रवर्तनबारे धारणा राखेका थिए । स्थानीय उद्यमशीलतालाई प्रवर्द्धन गर्ने क्रममा ‘आमाको औषधि’ ब्रान्डबाट हल्ट प्राइज नेपाल २०२५ मा ‘नेसनल वाइल्डकार्ड’ सहभागी प्राप्ति लम्साल (टिम रायुज्जा) र आइओएफ २०२२/२६ की अनक्याम्पस विजेता स्नेहा उप्रेती (टिम एपेक्स टाइटन्स) ले नयाँ प्रतिस्पर्धीसँग अन्तर्क्रिया गरेका थिए । उनीहरूले प्रतियोगिताको अनुभव र राष्ट्रियस्तरको सहभागिताबाट सिकेका पाठबारे चर्चा गरे ।
हल्ट प्राइज आइओएफ २०२६/२७ का क्याम्पस निर्देशक आशिष पोख्रेलले कार्यक्रम सफलतापूर्वक अघि बढेको बताए । उनले भने, ‘सहभागीहरू प्रतिस्पर्धाका लागि उत्साहित छन् र सार्थक प्रभाव सिर्जना गर्न तयार देखिएका छन् ।’ विभिन्न व्यवसाय तथा सञ्चारमाध्यमको सहयोगमा भइरहेको यो पहलले क्याम्पसमा युवा परिवर्तनकर्मीका लागि सशक्त वातावरण निर्माण गर्ने आयोजकको विश्वास छ ।









एमालेबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन : नेकपा गण्डकीबाट कपिल लामा
पोखराका पर्यटकीय ठाउँका बारेमा ‘क्युआर कोड’बाट जानकारी
विदेशबाट फर्केर च्यांग्रापालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया