गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका विद्यालयमा अध्ययनरत ७०६ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। बढ्दो चिसोबाट जोगाउन र विद्यालय जान सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाभित्रका ७ वटा विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट, ट्राउजर र टोपी उपलब्ध गराइएको हो।
गाउँ वातावरण नेपालको सहयोगमा गरिएको वितरण कार्यक्रममा माइकोट माध्यमिक विद्यालय ताकुकोटका १४३ जना र माझथर माविका ३६५ जना विद्यार्थी लाभान्वित भएका छन्। त्यस्तै, भगवती आधारभूत विद्यालय मान्द्रेका ७६, चन्द्रकला आधारभूत विद्यालय आरुखर्कका ६७ र मूलदेवी आधारभूत विद्यालय ग्याजी हुडिफाँटका ३३ जनालाई कपडा दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।
अध्यक्ष भट्टका अनुसार धर्मवती आधारभूत विद्यालय भालुस्वाराका १३ र नारदपोखरी आधारभूत विद्यालय तुम्सिकाका ७ जना बालबालिकाले पनि न्यानो कपडा पाएका छन्।
पहाडी ग्रामीण भेगमा जाडोयाममा न्यानो लुगा नहुँदा बालबालिकालाई विद्यालय जान गाह्रो नहोस् भनेर दातासँग समन्वय गरिएको अध्यक्ष भट्टले बताए। ‘चिसोबाट जोगाउन तीन दिनसम्म प्रत्येक विद्यालयमै पुगेर कपडा वितरण गरिएको छ,’ उनले भने।
पर्यटन व्यवसायी एवं समाजसेवी ठाकुर धिताल र बारपाक सुलिकोटका नरबहादुर गुरुङको विशेष पहलमा संस्थासँग समन्वय जुटेको हो। अघिल्लो वर्ष वितरण हुन नसकेका विद्यालयलाई यसपालि छनोट गरी सहयोग उपलब्ध गराइएको बताइएको छ। रासस









छैन घर, मौसमको कहर
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जनस्वास्थ्य विधेयकमाथि छलफल
३ जनालाई आमाको नामबाट नागरिकता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया