गण्डकी प्रदेश सभा सामाजिक विकास तथा कृषि समितिको बैठक सोमबार

पोखरा । जेन्जी आन्दोलनपछि गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको बैठक पहिलोपटक बस्ने भएको छ । आन्दोलनका क्रममा प्रदेश सभा सचिवालय र सभाहल जलेर ध्वस्त भएपछि समितिका बैठकहरू बस्न सकेका थिएनन् । अहिले रामघाटमा सचिवालय सञ्चालन आएसँगै ‘गण्डकी प्रदेशमा जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ उपर दफावार छलफल गर्न समितिको बैठक बोलाइएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार समितिको बैठक पोखराको रामघाटस्थित सचिवालयको बैठक कक्षमा पुस २१, २२ र २३ गते बस्नेछ । पुस २१ गते बिहान ११ बजे बस्ने बैठकमा जनस्वास्थ्यसँग सम्बन्धित विधेयकको अध्ययन तथा समीक्षा गर्ने कार्यसूची रहेको छ । त्यसैगरी पुस २२ गते विधेयकको सैद्धान्तिक छलफलमा उठेका विषयमा छलफल र समीक्षा गरिने सचिवालयले जनाएको छ ।
पुस २३ गते विधेयक उत्पन्न भएको मन्त्रालयका पदाधिकारीहरूसँग छलफल तथा अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरिएको छ । सचिवालयले समितिका सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेको छ । जेन्जी आन्दोलनपछि प्रदेश सभाका गतिविधिहरू सुस्त रहेको र भौतिक संरचनाको अभाव झेलिरहेको अवस्थामा यस बैठकले विधेयक निर्माण प्रक्रियालाई पुनः गति दिने अपेक्षा गरिएको छ । सचिवालयले आफ्ना नियमित कामहरूलाई क्रमशः व्यवस्थित बनाउँदै लगेको प्रदेश सभा सचिव गोविन्द पौडेलले जानकारी दिए । समितिहरुका कार्यालयका लागि ठाउँ नभए पनि आलोपालो गरी बैठक बस्न मिल्ने गरी हलको व्यवस्थापन गरिएको पौडेलले बताए ।








म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
एमालेद्वारा गण्डकीको कमान्ड खगराज अधिकारीलाई, अरु प्रदेशमा कसको जिम्मेवारी ?
रवि लामिछाने रिहाइले ल्याएका तरंगहरु !
अविरल विस्तार हुँदै एआई
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया