ठगी तथा बैंकिङ कसुरमा मिलन गुरुङ पक्राउ

समाधान संवाददाता २०७६ माघ १० गते १४:५५

समाधान संवाददाता, पाेखरा

Advertisement

सांसद दीपक मनाङेले झापड हानेका मिलन गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरुङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

गुरुङविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगी र बैंकिङ कसुरको जाहेरी परेको थियो। जाहेरी परेपछि मिलनलाई बिहीबारै प्रहरीले अदालतसँग पक्राउ अनुमति मागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

यता, मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले शुक्रबार मनाङेलाई दुई दिन थुनामा राख्न अनुमति दिएका हुन्।

मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराध अन्तर्गत अनुसन्धान गरिरहेको छ

Advertisement

तपाईको प्रतिक्रिया