फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
समाधान संवाददाता
२०८२ पुष २० गते १९:००

काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ। आयोगले निर्वाचन सम्पन्न गर्न न्याय परिषद् र न्याय सेवा आयोगको परामर्शमा १६५ जना अधिकृत नियुक्त गरेको हो।
आयोगले ७७ वटा जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ। यस्तै, नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।
नवनियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी २ माघभित्र आफू खटिएको निर्वाचन क्षेत्रमा पुगेर कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ। कार्यालय स्थापना भएसँगै उनीहरूले निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्।
सम्बन्धित








चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया