पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा

पोखरा । पदयात्रामा जाने पर्यटकलाई चराचुरुङ्गीबारे जानकारी दिन सहज बनाउने उद्देश्यले पोखरामा पदयात्रा पथप्रदर्शक (गाइड) हरूलाई तीन दिने चरा पहिचान तालिम दिइएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो।
तालिममा गण्डकी प्रदेशको पदयात्रा क्षेत्रमा सक्रिय ३६ जना गाइड सहभागी थिए। पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले पर्यटकलाई चराहरूबारे सही सूचना दिन सकियोस् भनेर तालिम आयोजना गरिएको बताए।
सहभागीलाई नेपाल पन्छीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेसन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपी श्रेष्ठलगायतका विज्ञले प्रशिक्षण दिएका थिए। उनीहरूले चरा अवलोकनका विविध पक्षबारे सैद्धान्तिक तथा स्थलगत रूपमा प्रयोगात्मक अभ्यास गराएका थिए।
तालिम समापन समारोहमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विभिन्न विधामध्ये ‘बर्ड टुरिजम’ (चरा पर्यटन) महत्वपूर्ण पक्ष रहेको बताए।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक चरा मात्र हेर्न आउने गरेको भन्दै गाइडहरूले यसमा विज्ञता हासिल गर्नुपर्नेमा जोड दिए। ‘विशिष्ट पर्यटकका लागि चरासम्बन्धी ज्ञान अपरिहार्य छ,’ उनले भने।
नेपाल पन्छीविद् संघका अध्यक्ष महतोले चरा पर्यटनमा काम गर्न चाहनेले प्रविधिको प्रयोगसँगै यस क्षेत्रमा गहिरो लगाव राख्नुपर्ने सुझाव दिए।









शिक्षक महासंघले स्थानीय तहलाई दबाब दिने
वार्षिकोत्सवको तयारीमा विन्ध्यवासिनी मावि
सीताघाट व्यवस्थित गरिँदै
वारागुङ र घरपझोङमा ऊर्जा योजना
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया