हेड्स नेपालको विद्यार्थीलाई सहयोग

पोखरा । परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरुलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ ।
संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए ।
वन्तका अनुसार विसं २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए ।
स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रुपान्तरणमा सहयोग पुर्याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।










एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया