स्याङ्जामा अभिभावक शिक्षा

समाधान संवाददाता २०८२ पुष २३ गते १२:१९

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाले जिल्ला भित्रका विभिन्न विद्यालयका अभिभावकलाई अभिभावक शिक्षा प्रदान गर्दै आएको छ । पुतलीबजार नगरपालिकाममा रहेको सरस्वती माविको समन्व्य र व्यवस्थापनमा उक्त विद्यालयका अभिभावकलाई अभिभावक शिक्षा दिइएको छ ।

Advertisement


कार्यक्रममा पुतलीबजार नगरपालिका शिक्षा शाखा शाखा प्रमुख बाबुराम बरालले अभिभावकलाई बालबालिकाको बहुआयामिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा कार्यक्रम अत्यन्तै महत्वपूर्ण र फलदायी साबित हुने बताए । उनले विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।


एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वांगीण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिीप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

Advertisement

कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षक लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भूमिका लगायत बहुआयमिक विषयमा सहजीकरण गरेकी थिइन् ।


शर्माले अभिभावकरुपी आमा र बाबु तथा घरका अन्य सदस्यले बालबालिकाको असल चरित्र निर्माण गर्नमा मुख्य भूमिका खेल्नुपर्ने बताइन् । कार्यक्रममा वडा नं. ३ वडा सदस्य सविता शर्मा, विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गोदार लगायतले यस किसिमको कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्ध थप मजबुत बनाउन सहयोग गर्ने धारणा राखे ।

Advertisement


अभिभावक, शिक्षक र अन्य सरोकारवाला समेतको सहभागिता रहेको कार्यक्रम सरस्वती मावि विव्यास अध्यक्ष सुरेन्द्रप्रसाद शर्मा अध्यक्षतामा भएको थियो भने सञ्चालन पुतलीबजार नगरपालिका शिक्षा अधिकृत शोभा बस्यालले गरेका थिए ।

तपाईको प्रतिक्रिया