पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’

पोखरा । पर्यटकीय नगरी पोखरामा शनिबार विशेष साहित्यिक उत्सव ‘बुकहिल बुकान्जा’ हुने भएको छ । प्रकाशन संस्था बुकहिल र र्यान्डम रिडर्स सोसाइटीको सहकार्यमा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा एकदिने साहित्यिक मेला हुन लागेको हो ।
‘पुस्तक र विचारको उत्सव’ नारासहित आयोजना हुन लागेको कार्यक्रममा चर्चित लेखक, कवि तथा विश्लेषकहरूको जमघट हुनेछ । कार्यक्रममा ‘असहमति–तन्त्र’ देखि सांगीतिक प्रस्तुतिसम्मका ७ वटा सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।
बुकहिलका अध्यक्ष भुपेन्द्र खड्काले लेखक र पाठकबीचको सम्बन्धलाई नजिक बनाउन र वैचारिक बहसलाई तीव्रता दिन कार्यक्रम आयोजना गरिएको बताए । ‘हामी पोखरामा पुस्तक र विचारको उत्सव मनाउन गइरहेका छौं,’ अध्यक्ष खड्काले भने, ‘यस किसिमको बहस र विमर्शले पठन संस्कृतिलाई थप उचाइमा पुर्याउने विश्वास लिएका छौं ।’
बिहान ११ः३० बजे सुरु हुने कार्यक्रमको पहिलो सत्र ‘असहमति–तन्त्र’ मा चर्चित विश्लेषक सौरभ र एकान्त शर्माबीच संवाद हुनेछ । लगत्तै ‘स्वको महायुग’ सत्रमा सरस्वती प्रतीक्षा र सीमा आभासले बहस गर्नेछन् ।
कार्यक्रममा निष्प्रभ सजीको कृति ‘र्याली’ को लोकार्पणसमेत गरिनेछ । पुस्तकको विमोचन वरिष्ठ साहित्यकार सरुभक्त र लेखक स्वयंले गर्नेछन् । दिउँसो निबन्ध विधामा केन्द्रित ‘निबन्धको उज्यालो’ सत्रमा रोशन शेरचन र भूपिनबीच संवाद हुनेछ ।
यस्तै, ‘नदीशको लयमा हिँउद’ शीर्षकमा नदीशले एकल प्रस्तुति दिनेछन् । ‘पाइडल र पैताला’ सत्रमा विश्व साइकल यात्री पुष्कर शाह र गनेस पौडेलबीच रोचक कुराकानी हुने तालिका छ ।
कार्यक्रमको अन्तिम सत्रमा ‘बुकहिल ब्यालेड्स’ अन्तर्गत सांगीतिक प्रस्तुति रहनेछ । जसमा वरिष्ठ साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठका गीतहरूमा गायक विनोद बानियाँले स्वर दिनेछन् । कार्यक्रमस्थलमा बुकस्टलका साथै लेखकहरुसँग र पुस्तक हस्ताक्षर पनि रहने छ ।
बेलुका ६ बजेसम्म चल्ने उत्सवमा साहित्यप्रेमीका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ ।









पश्चिमाञ्चल क्याम्पसमा ‘पछ्याणः तेस्रो संस्करण’
प्याब्सनको स्थापना दिवसमा कास्कीमा सम्मान
सिर्जना कपमा भलिबलमा शान्त माविलाई दोहोरो उपाधि
सूर्यचन्द्र विकास समाजद्वारा मानव सेवा आश्रमलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया