
जोमसोम । मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा बुधबार ऊर्जा योजना हस्तान्तरण गरिएको छ । जर्मन संस्था (जेआइजेट/आइइइपी ग्रिन) र युरोपेली युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि तयार पारिएको पञ्च वर्र्षीय ऊर्जा योजना हस्तान्तरण भएको हो ।
युरोपेली युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक रञ्जनकुमार श्रेष्ठ लगायत जर्मन सहयोग निकाय जेआईजेटका कार्यक्रम व्यवस्थापक लगायतले वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिका कार्यालयलाई पालिका उर्जा योजना हस्तान्तरण गरेका हुन् ।
स्थानीय तहको पालिकाऊर्जा योजनाद्वारा स्वच्छ र दक्ष उर्जा योजनाको व्यवस्थित कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्नुका साथै स्वच्छ उर्जाका सेवामा पहुँच बढाउने तथा ऊर्जाका लगानीका स्रोतहरु पहिचान गरी तथ्यमा आधारित नीति निर्माण, कार्ययोजना र मूल्यांकनमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा योजना तयार गरिएको हो ।
जेआइजेट परियोजना अन्तर्गत यहाँका २ पालिकामा फिल्ड सर्वेक्षण गरी विस्तृत अध्ययनमार्फत पञ्चवर्षीय ऊर्जा योजना निर्माण गरिएको हो । विदेशी दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोगमा जेआइजेट परियोजनाद्वारा यहाँको घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा उर्जा क्षेत्रको सम्भावना, चुनौती यसको व्यवस्थापन कार्ययोजनाको प्रस्तावित पालिका उर्जा योजना निर्माण गरिएको हो ।
योजनामा घरायसी स्तरको विद्युत प्रयोगमा गुणस्तरीयता कायम गर्ने, परम्परागत रुपमा सञ्चालन भएका घरायसी चुल्होको विकल्पमा स्वच्छ उर्जामैत्री उपकरणको प्रर्वद्धन गर्ने र गुणस्तरीय ऊर्जा खपत कम गर्ने उपकरण प्रयोग गर्न समुदायलाई प्रोत्साहित गर्ने लगायतका योजना समेटिएका छन् ।
ऊर्जा प्रर्वद्धनका लागि आवश्यक नीतिहरु निर्माण गर्ने, प्रविधिमैत्री ऊर्जाको प्रर्वद्धन गरी आर्थिक, सामाजिक विकायमा टेवा पुर्याउने, ऊर्जा दक्षता र पहुँच वृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र कर्मचारी तथा जनप्रतिनिधिको ऊर्जा प्रर्वद्धन क्षमतालाई अभिवृद्धि गर्ने कार्यक्रम समेटिएका छन् ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका लागि पञ्चवर्र्षीय उर्जा योेजना कार्यान्वयनका गर्न १४ करोड ७२ लाख खर्च लाग्नेछ । पहिलो वर्ष २ करोड ७५ लाख, दोस्रो वर्ष २ करोड ६० लाख, तेस्रो वर्ष २ करोड ५८ लाख, चौथो वर्ष २ करोड ५३ लाख र पाँचौ वर्ष २ करोड ४८ लाख बजेट प्रस्तावित छ ।
घरपझोङ गाउँपालिकामा २१ करोड ८८ लाख लागतको पञ्चवर्षीय उर्जा योजना बनेको हो । घरपझोङका लागि पहिलो वर्ष ३ करोड ६८ लाख, दोस्रो वर्ष ३ करोड ८३ लाख, तेस्रो वर्ष ४ करोड ५१ लाख, चौथो वर्ष ५ करोड १२ लाख र पाँचौ वर्ष ४ करोड ७२ लाख खर्च लाग्ने खाका तयार भएको हो । २ पालिकामा तयार पारिएको उर्जा योजनाले गाउँपालिका भित्रका ऊर्जा क्षेत्रमा विद्यमान रहेका सम्भावनालाई कार्यक्रममार्फत समेट्दै आर्थिक स्रोतको व्यवस्थापन र कार्यान्वयन प्रक्रियामा लैजान सहज हुने युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुमार श्रेष्ठले उल्लेख गरे ।
योजना गाइड लाइन भएकाले यसैका माध्यमबाट प्रादेशिक, संघीय र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र लगायतका संस्थाबाट समेत सहयोग प्राप्त हुने उनको अपेक्षा छ ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले गाउँपालिकामा हाल ऊर्जा जोखिम रहेकाले यस योजनामार्फत ऊर्जा व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न सहज हुने बताए । गाउँपालिकाले यसै योजनामा रहेको ऊर्जामैत्री भवनको कार्ययोजनालाई अघि बढाउने उनको भनाइ छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले खेर गएका ऊर्जालाई समुचित प्रयोग गरी संकट न्यूनीकरण गर्न सकिने भएकाले पाँच वर्षे योजनाले वित्तीय व्यवस्थापनको ढोका खुल्ने विश्वास व्यक्त गरे ।
यहाँ आयोजित पालिका उर्जा योजना कार्यक्रमको क्रममा घरपझोङ गाउँपालिकामा सौर्य तापीय उर्जा प्रणालीसहितको उर्जा प्रवलिकरण गरिएको कार्यकक्ष उद्घाटन गरिएको छ । युरोपेली युनियन अन्तर्गत विन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको ऊर्जा प्रवलीकरण कार्यकक्ष घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र युरोपेली युनियनका कार्यक्रम व्यवस्थापक रञ्जनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया